Connect with us
Kapilvast Forest

डुइङ बिजनेसमा नेपालले गर्‍यो उल्लेखीय सुधार

२०७६, ८ कार्तिक शुक्रबारमा प्रकाशित

विश्व बैंकले बिहीबार सार्वजनिक गरेको व्यवसायमैत्री वातावरणसम्बन्धी प्रतिवेदन (डुइङ बिजनेस, २०२०) मा नेपालले पहिलेभन्दा उल्लेख्य सुधार गरेको छ।

१ सय ९० देशमध्ये यसअघि ११०औं स्थानमा रहेको नेपाल यसपटक १६ स्थानअगाडि सरेर ९४औं स्थानमा पुगेको छ।

विश्व बैंकले व्यवसाय सुरु गर्न, निर्माण अनुमति लिन, सम्पत्ति दर्ता, कर्जा प्राप्ति, वैदेशिक व्यापारको सहजता, करार कार्यान्वयन, विद्युत आपूर्ति, साना लगानीकर्ताको संरक्षण, कर भुक्तानी, टाट उल्टने समस्या समाधान, कामदारसम्बन्धी नियमजस्ता १२ सूचकका आधारमा देशहरूको श्रेणी निर्धारण गरेको हो।

नेपालले समष्टिगत रूपमा अघिल्लो वर्षको ५९.७ स्कोरको तुलनामा ६३.२ स्कोर प्राप्त गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu