Connect with us
Kapilvast Forest

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्जर

२०७६, ९ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं : ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्जर भएका छन्।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा ग्लोबल आइएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन्।

दुवै बैकले नेपाल राष्ट्र बैकको अन्तिम स्वीकृतिपश्चात एकीकृत कारोबार सुरु गर्ने छन्। यी दुई बैकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। मर्जरपछि बन्ने बैकको नाम ग्लोबल आइएमई बैक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ।

हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैकका अध्यक्ष ढकालले मर्जरपछि ग्लोबल आइएमई बैक सबैभन्दा ठूलो बैक भएकाले निकट भविष्यमा नै सबै जिल्लामा सेवा विस्तार गरिने बताए। मर्जरपछिको बैकको सञ्चालक समितिमा ग्लोबलको तर्फबाट पाँचजना र जनताको तर्फबाट दुईजना सदस्य रहने सहमति गरिएको छ। मर्जरपछि बैकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्बभन्दा बढी र कुल लगानी २ खर्ब पुग्ने छ। त्यस्तै, बैकको शाखा सञ्जाल ३ सयभन्दा बढी र ३ हजार २ सय बढी कर्मचारी रहनेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu