Connect with us
Kapilvast Forest

दाङमा अज्ञात रोगबाट ६० बाख्रा मरे, ४ हजार बढी प्रभावित

२०७६, ८ कार्तिक शुक्रबारमा प्रकाशित

दाङ । दाङको बबई गाउँपालिका ७ मा अज्ञात रोगका कारण ६० भन्दा बढी बाख्रा मरेका छन्।
अज्ञात रोगका कारण बाख्रा धमाधाम मर्न थालेपछि किसानहरू चिन्तित भएका छन्। केही दिन अघिदेखि बाख्रा मरेका भए पनि किसानले भने गाउँपालिकामा खबर गरेका थिएनन्। अज्ञात रोगका कारण बाख्रा मरेको भन्ने खबर पाएलगत्तै बबई गाउँपालिकाको प्राविधिक टोलीले औषधि उपचार र नमुना संकलनको कार्य शुरु गाउँपालिकाले जनाएको छ।

बुधबार बबई गाउँपालिका र जिल्ला भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त टोलीले त्यस क्षेत्रमा पुगी रोगको उपचार तथा नमुना परीक्षण गर्ने कार्य गरेको गाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले बताए।

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, उपाध्यक्ष सावित्रा विश्वकर्मा, वडा नम्बर ७ का अध्यक्ष महावीर चौधरी बबई गाउँपालिका पशु शाखाका कर्मचारी तथा जिल्ला भेटेनरी तथा पशु सेवा विज्ञ केन्द दाङका पशु विज्ञ प्राविधिक ध्रुव बस्नेत र खडक केसीले वडा नम्बर ७ को सिमलकुना र ढोलपुरमारोगको उपचार तथा नमुना परीक्षण गर्ने कार्य गरेको संयोजक पाण्डेले बताए।

त्यस क्षेत्रमा करिब ४ हजारभन्दा बढी बाख्रा रोगबाट प्रभावित भएका छन। प्रभावित बाख्राको उपचार भइरहेको हुँदा त्यस क्षेत्रका बाख्रालाई किनबेच गरी स्थानान्तरण र अन्य क्षेत्रका बाख्रालाई त्यस क्षेत्रमा नलैजान बबई गाउँपालिका पशुशाखाले अनुरोध गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu