Connect with us
Kapilvast Forest

आर्सनलले संघर्षपूर्ण जित, पेपेको दुई गोल

२०७६, ८ कार्तिक शुक्रबारमा प्रकाशित

एजेन्सी । युरोपा लिग फुटबलमा इग्लिस क्लब आर्सनलले संघर्षपूर्ण रुपमा खेल जितेको छ ।

समूह चरण अन्तर्गत गए राति भएको खेलमा आर्सनलले पोर्चुगिज क्लब भिक्टोरिया स्पोर्ट्स क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा आर्सनलले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । आर्सनलको जितमा निकोलस पेपेले दुई गोल गरे ।

ग्राबियल मार्टिनेलीले एक गोल थपे । भिक्टोरियाका मार्कुस एडवार्ड र ब्रुनो दुआर्टेले एक एक गोल गरे ।

इमिरेट्स स्टेडियममा खेलको आठौं मिनेटमा मार्कुसले गोल गर्दै भिक्टोरियालाई अग्रता दिलाएका थिए । तर, ३२ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।

खेलको ३६ औं मिनेटमा ब्रुनोले गोल गर्दै पुनः भिक्टोरियालाई २-१ को अग्रता दिलाए । त्यसपछि आर्सनलका पेपे नायक बने । खेलको ८० औं मिनेटमा पेपेले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा पेपेले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-२ को जित दिलाए ।

शिर्ष स्थानको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । ३ खेलमा ३ हार व्यहोरेको भिक्टोरिया पुछारमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu