Connect with us
Kapilvast Forest

राष्ट्रिय क्रिकेट टिमको घोषणा

२०७६, १३ कार्तिक बुधबारमा प्रकाशित

nepal cricet team

काठमाडौं । भारतमा आयोजना हुने अन्डर १९ च्यालेन्जर्स सिरिजका लागि नेपालले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । नेपालले बुधबार रित गौतमको कप्तानीमा १६ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।

नेपालले सिरिजका लागि टिमको नाम नेपाल ‘ए’ राखेको छ । यस्तै नेपालले सिरिजका लागि चार वैकल्पिक खेलाडी समेत छनोट गरेको छ । भारतको हैदरावादमा हुने अन्डर १९ च्यालेन्जर्स सिरिज नोभेम्बर ११ देखि १७ सम्म हुनेछ ।

सिरिजमा भारतको तीन टिम रहने छ । जसलाई भारत ‘ब्लु’, भारत ‘रेड’ र भारत ‘एल्लो’ नाम दिईएको छ । नेपालले पहिलो खेल नोभेम्बर ११ मा भारत ‘एल्लो’ सँग खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले नोभेम्बर १३ मा भारत ‘रेड’ र अन्तिम खेलमा नेपालले भारत ‘ब्लु’ सँग नोभेम्बर १५ मा खेल्नेछ । लिग खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

तेस्रो र चौथो टिमले तेस्रो स्थानको लागि खेल्ने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu