Connect with us
Kapilvast Forest

रियल मड्रिडद्वारा गोल वर्षा, लेगानेसलाई ५-० ले हरायो

२०७६, १४ कार्तिक बिहीबारमा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार रियल मड्रिडले लेगानेससंग फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले लेगानेसलाई ५-० गोलको फराकिलो अन्तरले हराएको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रीगो, टोनी क्रुस, सर्जियो रामोस, करिम बेन्जिमा र लुका जोभिकले एक एक गोल गरे का थिए ।

सान्टियागो बेर्नाबेउमा एकतर्फी जित निकाल्ने क्रममा रियलले सातौं मिनेटमा रोड्रीगोको गोलबाट अग्रता बनाएको थियो । आठौं मिनेटमा क्रुसले गोल गर्दा रियल २-० ले अघि रह्यो ।

२४ औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दा पहिलो हाफमा रियल ३-० ले अघि रह्यो ।६९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा जोभिकले गोल गर्दा रियल ५-० ले बिजयी भयो ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । र, रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी १ अंकमा घटाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu