Connect with us
Kapilvast Forest

पिकअप भ्यान दुर्घटना, २ को मृत्यु, चालक फरार

२०७६, १४ कार्तिक बिहीबारमा प्रकाशित

गुल्मी । जिप दुर्घटना हुँदा गुल्मीमा २ जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका-९ ददल्कामा लु १ च ३५१४ नम्बरकाे पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजेन्द्रसिंह खड्काले बताए। बुधबार साँझ पाँणथोकबाट ददल्का जाँदै गरेको भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मुसिकोट नगरपालिका-९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेलको मृत्यु भएको छ। अर्का मृतकको सनाखत हुन बाँकी छ। घाइते हुनेहरुमा मुसिकोट नगरपालिका-७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षिया सोनीया बिक, २६ वर्षिय बिष्णु बिक छन्। घाइतेहरु सबैलाई उपचारको लागि बाग्लुङ्गको हटिया पठाइएको प्रहरीले जनाएको छ। जिप चालक ज्ञान बहादुर बिक फरार रहेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu