Connect with us
Kapilvast Forest

भारतमा तीन नेपालीको हत्या गर्ने पक्राउ, लिंग काटेर हत्या गरेको स्विकार

२०७६, १४ कार्तिक बिहीबारमा प्रकाशित

बैतडी । कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन्।

उनलाई भारतकै मुन्सीयारीवाट पक्राउ गरिएको हो। रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका ५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाइ वीरा बोहरा र पुर्चौडी नगरपालिका ४ भटना तडीखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा विभत्स रुपमा शव फेला परेको थियो। पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराका भतिजा नाता पर्ने रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानका लागि भारत पठाएका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए।

पक्राउ परेका बोहराले आफूले नै तीनै जनाको हत्या गरेको स्वीकार गरेको भारतीय प्रहरीलाई उद्धित गर्दै प्रहरी सहायक निरीक्षक महराले बताए। “कात्तिक ८ गते चारै जनाले रक्सी खाएको र ढुंगाले टाउको हिर्काएको र त्यसपछी धनबहादुर आफैले हसियाले उनीहरुको लिंग काटेको प्रहरीलाई बयान दिएका छन्।” प्रहरी सहायक निरीक्षक महराले भने, “सबैलेसँगै मापसे गरेको र आफूलाई रक्सी अझै खानुपर्छ भनेको भन्दा नमानेको र जबरजस्ती गरेर खुवाउन खोज्दा आफूले रक्सीले मातेको अवस्थामा ढुंगा र हसिया प्रहारले तीनै जनाको हत्या गरेको धनबहादुर भारतीय प्रहरीलाई बयान दिएका छन्।”

यसअघि भारतीय प्रहरीले घटनामा मृतक हरिश बोहराकी श्रीमती कलावती बोहरा (किर्रा)को संलग्नता रहेको आशंका गरेको थियो। तर कलावती उनीहरुको सामूहिक हत्या हुनअघि नै नेपाल फर्किएको बैतडी प्रहरीलाई बताएको थियो। प्रहरीले उनलाई कात्तिक ११ गते बझाङवाट पक्राउ गरेको थियो। कलावतीलाई पनि अनुसन्धान तथा सोधपुछका लागी पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए। सोधपुछका क्रममा कलावतीले हत्याहुनुअघि आफू नेपाल आएको बयान दिएकी थिइन्।

सोधपुछपछि महिलालाई जिल्ला अस्पताल बैतडीको सेफ हाउसमा राखिएको छ। हरिश बोहराले कलावतिसँग एक वर्षअघि मात्रै विवाह गरेर मजदुरी गर्नसँगै भारत गएका थिए। कलावतिले हरिश बोहरासँग दोश्रो विवाह गरेको बुझिएको छ। घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीलेसमेत प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरीको एक टोली भारतको पिथौरागढ पठाएको थियो। मृतक तीनैजनाको उनका आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेका छन्। भारतमा सामूहिक हत्याभएपछि उनीहरुको गाउँ नै शोकमा डुबेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu