Connect with us
Kapilvast Forest

जहरसिंहपौवामा बस दुर्घटना, तीनको मृत्यु

२०७६, १४ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं । बस दुर्घटना हुदा तीन जनाको निधन भएको छ । गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको बस जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना भएको हो ।

हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बसमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको प्रहरीले जनाएको छ ।

ओरालोमा अनियन्त्रित भइ बस सडक छेउको मन्दिरमा ठोक्किएर दुर्घटनामा परेको थियो । बसमा ५० यात्रु रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, अत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu