Connect with us
Kapilvast Forest

दक्षिण एशियाको शान्तिका लागि जम्मुकाश्मिर विवादको अन्त्य अपरिहार्य : राजदूत जावेद

२०७६, १४ कार्तिक बिहीबारमा प्रकाशित

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

यहाँस्थित पाकिस्तानी राजदूतावासले आज दूतावासमा आयोजना गरेको ‘जम्मुकाश्मिर विवाद र पछिल्ला घटनाक्रम’ विषयको छलफलमा उनले दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि जम्मुकाश्मिर विवादको अन्त्य अपरिहार्य भएको बताए।

उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावानुसार काश्मिरका जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायले प्रयास गर्नुपर्नेमा जोड दिए।

राजनीतिक विश्लेषक सुरेन्द्र केसीले आणविक शक्ति राष्ट्र भारत र पाकिस्तानबीचको द्वन्द्वले दक्षिण एशियाको शान्ति, प्रगति र विकासमा अवरोध सिर्जना भएकाले वार्ताका माध्यमबाट सबै समस्याको समाधान हुनुपर्ने बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu