Connect with us
Kapilvast Forest

डाक्टर तथा नर्स नहुँदा भरतपुर अस्पतालको आइसियू एक महिनादेखि बन्द

२०७६, १५ कार्तिक शुक्रबारमा प्रकाशित

जनशक्ति अभावका कारण भरतपुर अस्पतालमा एक महिनादेखि आइसियू सेवा प्रभावित बनेको छ । २० बेडको आइसियू रहे पनि हाल १० बेड मात्र सञ्चालनमा रहेका अस्पताल प्रशासनले जनाएको छ ।

सरसफाइको बहाना बनाएर दसैँअघि नै अस्पतालले १० बेड आइसियू सञ्चालन बन्द गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले हाल १० बेड मात्रै आइसियू सञ्चालन भइरहेको बताए  । आवश्यक डाक्टर तथा नर्स नहुँदा सबै आइसियू सेवा सुचारु गर्न नसकिएको उनले बताए ।

जनशक्ति अभावले उपचार सेवा दिन नसकेपछि अस्पतालले गम्भीर अवस्थाका कतिपय बिरामीलाई पनि साधारण बेडमै राखेर उपचार गराइरहेको छ । कतिपयलाई भने रिफर गरेर अन्य अस्पताल पठाउने गरेको छ । ‘मुख्य समस्या जनशक्ति अभाव नै हो,’ मेसु डा. तिवारीले भने, ‘आवश्यक डाक्टर र नर्स नहुँदा संवेदनशील कक्षका रूपमा रहेको आइसियू बन्द भइरहेको छ ।’ आजको नयाँ पत्रिकामा समाचार छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu