Connect with us
Kapilvast Forest

साढे सात वर्ष कैद सजाय मागसहित महराविरुद्ध मुद्दा दायर

२०७६, १५ कार्तिक शुक्रबारमा प्रकाशित

जबर्जस्ती करणी उद्योग अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध साढे सात वर्ष कैद सजाय माग दाबीसहित मुद्दा दायर भएको छ ।
पक्राउ परेको २६औँ दिनमा जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।

संघीय संसद्कै कर्मचारीमाथि गत १२ असोजमा बलात्कार प्रयास गरेको पर्याप्त प्रमाणहरू भेटिएकाले अधिकतम सजायको मागदाबी लिइएको छ । १८ वर्षभन्दा माथिको महिलामाथि बलात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने प्रावधान मुलुकी अपराध संहितामा छ ।

सरकारी उच्च ओहोदाको व्यक्तिको हकमा त्यसमा ५० प्रतिशत सजाय थप हुने भएकाले महराविरुद्ध साढे सात वर्ष कैद तथा पीडितलाई क्षतिपूर्तिको समेत माग गरिएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा महराविरुद्ध अधिकतम सजाय दाबी गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले बताए ।

आजको नयाँ पत्रिकामा समाचार छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu