Connect with us
Kapilvast Forest

दोस्रो खेलमा इंग्ल्यान्डमाथि न्युजिल्यान्डको जित

२०७६, १७ कार्तिक आईतवारमा प्रकाशित

घरेलु टोली न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० क्रिकेट खेलमा जित हात पारेको छ ।

न्युजिल्यान्डले आइतबार भएको खेलमा इंग्ल्यान्डलाई २१ रनले पराजित गरेको हो । १७७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १५५ रन मात्रै बनायो ।

इंग्ल्यान्डका लागि डेविड मलनले ३९, क्रिस जोर्डनले ३६ र कप्तान इयोन मोर्गनले ३२ रन बनाए । न्युजिल्यान्डका लागि मिचेल साट्नरले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा आठ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । उसका लागि जेम्स निशामले ४२ रन बनाउँदा ओपनर मार्टिन गुप्टिलले ४१ रनको योगदान दिएका थिए ।

यो जितसँगै न्युजिल्यान्डले पाँच खेलको टी-२० क्रिकेट सिरिजमा १-१ को बराबरी बनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu