Connect with us
Kapilvast Forest

भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित

२०७६, १८ कार्तिक सोमबारमा प्रकाशित

एजेन्सी । घरेलु टोली भारतविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा बंगलादेशले रोमान्चक जित निकालेको छ ।दिल्लीमा आइतबार राति भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले पराजित गरेको छ ।

भारतले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।बंगलादेशको जितमा मुस्फिकर रहिमले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सौम्य सरकारले ३९ तथा मोहमद नाइमले २६ रन जोडे ।

कप्तान महमदउल्लाह १५ रनमा अविजित रहे । भारतका दिपक चाहर, खलिल अहमेद र युजभेन्द्र चाहलले १/१ विकेट लिए यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

भारतका लागि शिखर धवनले ४१ तथा ऋषप पन्तले २७ रन बनाए । श्रेयर एयरले २२ रन बनाउँदा लोकेश राहुलले १५ रन बनाए ।

जितसँगै तीन खेलको सिरिजमा बंगलादेशले १-० को अग्रता बनाएको छ । अब दुई टोलीबीचको दोस्रो खेल बिहिबार हुनेछ ।

टी-ट्वान्टी सिरिजपछि भारत र बंगलादेशबीच दुई खेलको टेष्ट सिरिज हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu