Connect with us
Kapilvast Forest

कपिलवस्तु शंकरपुर तालको एक झलक

२०७६, २६ कार्तिक मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी ,

कपिलवस्तु कार्तिक २६,कपिलवस्तुको जिल्लाको शंकरपुर ताल यस क्षेत्रको सवै भन्दा धेरै महत्व बोकेको ताल हो । तर पर्यटन वर्ष २०२० जारी रहदा पनि यस तालको न प्रचार प्रसार भएको छ न यसको संरक्षणमा सम्बन्धित पक्षले नै ध्यान दिएका छन् । आदिवासी थारु, मधेशीको ऐतिहासिक, साँस्कृतिक, समाजिक, कृषि तथा आथिर्क पक्ष सगँ जोडिएको यो तालको क्षेत्रफल करिब ५० विगहा मा फैलिएको छ । तर तालको संरक्षण नगरिदा यसको क्षेत्रफल दिन प्रतिदिन घटदै गएको छ । स्थानियबासीका अनुसार यो ताल पहिले धेरै ठुलो क्षेत्रफलमा रहेको थियो । जैविक महत्व बोकेको यो तालमा विभिन्न प्रजातीका जलथर तथा स्थलथरका जिवहरुको बसोबास छ । यस ताललाई विभिन्न रुपले परिभाषित गर्न सकिन्छ ।

 यो एक प्राकृतिक सिमसार, धार्मिक र यस क्षेत्रको ठुलो ताल हो । यो ताल कपिलवस्तुको जिल्लाको सदरमुकाम तौलिहवाबाट ६० किलोमिटर पश्चिमा अवस्थित छ भने शिवराज नगरपालिका र पुर्वपश्चिम राजमार्ग देखी करिब ७÷८ किलो मिटर मा रहेको छ । विजयनगर गाँउपालिका वडा नं ४ मा पर्दछ । यो प्राकृतिक सिमसार ताल हो ।
स्थानिय पुर्खाहरुको भनाई अनुसार पुस्ता दरपुस्ता देखि नै यो यस्तै तालको रुपमा अवस्थित छ । जैविक विविधता मध्ये शंकरपुर तालमा सवै भन्दा बढि प्रजातिका स्थानिय ९रैथाने० माछाहरु पाईएको प्रतिवेदनले देखाएको छ । प्राराम्भीक अध्ययन अनुसार शंकरपुर सिमसार क्षेत्रमा स्थानिय जातका विकासी माछा, चरा, किरा, भ्यागुता, र्सप र कछुवा,विभिन्न २१ जातका स्थानिय जलिय वनस्पती पाईन्छन ।

शंकरपुर तालमा पाईने मुख्य चराहरुमा बकुल्ला, जलेवा, पानीहास, , छन् । यसरी शंकरपुर ताल पर्यटन गनत्व क्षेत्र बन्ने प्रचुर सम्भावना छ । वरिपरी मावन बस्ती रहेको तालमा फोहर फाल्न, सुत्केरी तथा महिनावारी भएको महिला नुहाउन, लास जलाउन साथै मर्नीकर्नीका क्रममा नुहाउन निषेध छ ।

स्थानियले जानकारी दिए अनुसार परापुर्वकालमा यस क्षेत्रमा देवीको आश्रय स्थल रहेको थियो रे । देविले देवताहरुलाई जम्मा गरेर ताल खन्न लगाएकि थिईन । गर्मी भएकोले नुहाउनका लागी देविको लागी ताल खनिएको थियो । तालमा आसपासका स्थानियबासीहरु माछा मार्न, साँग टिप्न, आउने गर्दछन् ।

   तालको संरक्षण धार्मिक आस्थाको रुपमा भएपनि तालको क्षेत्रफल भने मानविय र प्राकृतिक कारणले घटदै गएको छ । तालको क्षेत्रफल अहिले दिनदिनै अतिक्रमण भईरहेको छ भने तालको किनारमा तटबन्ध नगरिदा तालमा माटो भासिदै गएको छ । अहिले वर्षाको समय बाहेक तालमा पानी ४० प्रतिशत मात्र हुन्छ । तालमा पानी नहुदाँ तालको बगर स्थानिय युवाहरुको लागी खेलमैदान र गौचरणमा परिणत भएको छ ।

तालमा माछापालन व्यवासाय गरेर स्थानियबासीहरुले मनग्य आम्दानी गरेका छन् । तर ताललाई ठेक्कामा दिएर माछापालन गर्ने बाहेक कुनै काम गरिएको देखिदैन । यस तालको प्रचार प्रसार नहुदा आन्तरिक र बह्य पर्यटकहरु त्यहाँ पुग्न सकेका छैनन् । आसपासका गाउका युवायुवतीहरुको पिकनिक स्पोट बन्न मात्र सफल यस ताललाई पर्यटकिय क्षेत्र बनाउन सकिए धेरै आन्तरिक र बाह्य पर्यटकहरु भित्रयाउन सकिन्थ्यो । तर नजिकको तिर्थ हेला भनेझै कपिलवस्तुका स्थानिय निकायले तालको प्रचार प्रसार र संरक्षणको लागी खासै चासो देखाएको पाईदैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu