Connect with us
Kapilvast Forest

मधेस भित्रको ठग राजनीति

२०७६, २६ कार्तिक मंगलवारमा प्रकाशित

सेवाग्राहीसँग सदरमुकाम धाउनेहरुको काम नै कार्यालय प्रमुखले यति पैसा माग्यो, उति पैसा माग्यो भन्नु रहेकाे देखिन्छ। केही जटिल विषय भए त कार्बाही, जेल वा लिलाम नै हुन्छ भनेर तर्साउने गर्दछन् । नेतालाई भगवान मान्नेहरु पनि आफ्ना भगवानहरुको विश्वास गर्छन् । यतिमात्रै होइन, आफ्ना काम गराउन भगवानलाई कतैबाट ऋण जोहो गरेर समेत पैसा दिन्छन् । तैपनि यसरी भगवान मान्नेहरुका कतिपय काम हुन्छन् त कति काम हुँदैनन् पनि । हो, यसैगरी राजनीतिको संरक्षण र गैरकानुनी रुपमा बढेको बढ्यै छ, मधेसको ठग राजनीति ।

हाम्रो गाउँ प्राय कम पढेलेखेका मान्छेहरुको बाहुल्य रहेको मधेसको गाउँ हो । गाउँमा एकदुई जना डिग्री पढेको मान्छेलाई पहिलेका बुढापाकाले भगवानभन्दा बढी मान्थे । एउटा सानो चिठी होस् वा कुनै भोज वा विवाहको निम्तो, तिनै पढेलेखेका व्यक्तिहरुको घरमा घन्टौं लाइन बसेर लेखाइने र सिकाइने काम गरिन्थ्यो । तिनै पढेलेखेकाहरू मध्येबाट कोही राजनीतिमा लागेकाे पाइन्छ । उनिहरु नेताका रूपमा गाउँमा चर्चा हुने र पढेलेखेकाहरुले पनि उनलाई भगवानभन्दा माथि मान्ने चलन थियो ।

उतिबेला त्यसरी भगवानजस्ता नेता मानिएपछि उनको कुरा सबैले सुन्ने र देउताभन्दा माथि मान्ने गरिए झैं आजभोली मधेसका गाउँमा नेताले साना – साना काम गर्दासमेत वाहवाह हुने गरेको देखिन्छ । यतिबेला सामान्य भाइ बहिनीको विवाह गर्दा होस् या नयाँ निर्माण भएको गृह प्रवेश गर्दा मात्रै पनि गाउँमा पुलिस स्कर्टिङसहितको गाडीको लस्कर आउने चलन बढेको छ । राजधानीबाट नेताहरू आउँदा गाउँभर होहल्ला कम हुँदैन । गाउँलेहरू आफ्नो कामै छोडेर नेताको स्वागतमा लाग्छन् । एक -दुई घण्टाको संवाद र उठबसपछि नेताहरुको गाडीको लस्कर शहर फर्किन्छ र त्यसपछि सुरु हुन्छ मधेस भित्रको ठग राजनीति ।

गाउँघरको सामान्य झगडामा मात्रै पनि पञ्चायतकालीन नेताहरुको आदेश र निर्देशन कसैले काट्नै सक्दैन र काट्दैन पनि । उनिहरुको पहुँच सिडियो र एसपीसम्म छ भनेर गाडीको लस्कर आएकै दिन सबलाई थाहा भइसकेको हुन्छ । त्यसैले पनि होला सब चुपचाप र मौन बस्छन्। जिल्ला प्रशासन, प्रहरीदेखि मालपोतलगायतका कार्यालयमा कुनै सानो समस्या पर्दा नेताको घरमा बिहान साँझ जानेहरु नै काम मिलाइदिने भनेर आश्वासन दिनेहरुको कमी छैन् । सेवाग्राहीसँग सदरमुकाम धाउनेहरुको काम नै कार्यालय प्रमुखहरुले यति पैसा माग्यो, उति पैसा माग्यो भन्नु रहेकाे देखिन्छ। केही जटिल विषय भए त कार्बाही, जेल वा लिलाम नै हुन्छ भनेर तर्साउने गर्दछन् । नेतालाई भगवान मान्नेहरु पनि आफ्ना भगवानहरुको विश्वास गर्छन् । यतिमात्रै होइन, आफ्ना काम गराउन भगवानलाई कतैबाट ऋण जोहो गरेर समेत पैसा दिन्छन् । तैपनि यसरी भगवान मान्नेहरुका कतिपय काम हुन्छन् त कति काम हुँदैनन् पनि । हो, यसैगरी राजनीतिको संरक्षण र गैरकानुनी रुपमा बढेको बढ्यै छ, मधेसको ठग राजनीति ।

कतिपय सामान्य क्याम्पसका विद्यार्थि नेतादेखी पार्टीका केन्द्रीय सदस्यसम्मका नेता र मन्त्रीहरुसँग फोटो खिचाएर समाजिक सञ्जालमा राख्ने र आफू नेतासँग नजिक रहेको देखाएर कमाइ खाने रुपमा मधेसमा राजनीतिलाई विकृत बनाइँदैछ । सिंहदरबारका वरिपरि घुम्ने, मन्त्रालयको अगाडि उभिएर फोटो खिचाउने र गाउँ तिरका सर्वसाधारणलाई मन्त्रीको नजिक छुँ र जागिर देखि सरुवा गराइदिन्छु भन्दै राजधानीका होटेलमा महिनौं राखेर सर्वसाधारणलाई आफ्नो रात्रिकालीन मनोरञ्जन खर्च भार बोकाउने माफियाहरुको कमी छैन मधेसमा । यस्ता काममा कतिपय पार्टीका उच्च ओहदामा रहेको नेता, सांसददेखि मेयर र गाउँपालिकाका अध्यक्ष र प्रदेश सभाका सदस्य नै रहने गरेको समेत पाइन्छ । नेता हुँ भन्दै पुलिसलाई थर्काउने, सोझासाझालाई तर्साउँदै जागिर लगाइदिने ऋणकाे भारी बोकाउनेहरुकै जयजयकारमा लिप्त छ मधेसको राजनीति ।

ठग राजनीतिको नयाँ उदाहरण
गाउँका एकजना बुढा मानिस आफ्नो छोरालाई सरकारी जागिर लगाइदिने रहर गर्छन् । उनले आफ्नो खेत नै बन्धकिमा राखेर छोराको जागिरको लागी लाखौं रुपैयाँ चर्को ब्याजदरमा ऋण लिन्छन । अनि आफूले भगवान जक्तिकै विश्वास गरेको नेतालाई छोरालाई जागीर लगाइदिन ऋण लिएको लाखौं पैसा दिन्छन । नेताले एक निकायमा फाराम भर्न लगाउँछ । सुरुवातमा राम्रो व्यवहार गरेको नेता पैसा पाइसकेपछी टाढा – टाढा हुन थाल्छ । नेताले यसरी करिब २० ३० जनाभन्दा बढीसँग लिएको हुन्छ । एक दुई जनाले त आफ्नै योग्यता र क्षमताले नाम निकाल्न सफल भएपनि अधिकांश भने फेल हुन्छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठाले रौतहट मौलापुर नगरपालिका -७ निवासी नारायण प्रसाद साहका छोरा प्रदीप कुमार साहलाई पुलिसको असइमा जागिर लगाइदिन्छु भनेर ५ लाख रकम लिएका थिए । जागिर लगाउन नसकेपछि पटक – पटक ताकेता गर्दै रकम फिर्ता माग्दा आफ्नो पहुँच नारायणकाजी श्रेष्ठ र विश्वनाथ साहसँग रहेको र नारायणकाजीको साथमै घरमा रहनेगरि जागिर लगाइदिने भनेर बहाना गरे । यस्तो गर्दागर्दै करिब चार-पाँच वर्ष बित्दा ऋण लिएको रकमको ९ लाख ब्याज गरि १४ लाख ऋणको भारले प्रदीप कुमार साहका बुबा नारायण प्रसाद साहको हृदयघात भई केहि दिन अघि मृत्यु भयो ।

नेता भने विस्तारै टाढा – टाढा हुन थाल्छ । नेताले विस्तारै भेट नगर्ने, फोन नउठाउने, कदमकदाचित फोन उठेपछि झुट बोल्न थाल्छन् । फोन उठाउँदा काठमाडौंमा कुरा हुँदैछ, भइहाल्छ भन्दाभन्दै बर्षौं बिताइदिन्छन् । यसरी नेताले आफूलाई ठगेको वर्षौंपछि ती बुढा बालाइ थाहा हुन्छ र पछि आफ्नो पैसा फिर्ता गर्न ताकेता गर्न थाल्छन् । बाले दिनहुँ फोन गर्छन् । नेताको घर पनि जान्छन् तर नेता कहिल्यै भटिदैनन् । संयोगले भेट हुँदा काठमाडौं कुरा हुँदैछ भनेर उकिन्छन् । यसो गर्दागर्दै चार – पाँच वर्ष बित्छ । यही समय बुढा बाको मृत्यु हुन्छ भने उता पहिले साहुसँग ऋण तिर्न नसक्दा घर घडेरी सबै लिलामी हुन्छ । तर ति नेताको भने अर्को ठूलो घर बन्छ, गृह प्रवेश हुन्छ, गाडीको लस्कर आउँछ सबैले ताली पिट्छ्न् । नेताको जयजयकार गरिन्छ ।

एउटा यस्तै घटना घटेको छ, पर्साको वीरगंजमा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का सदस्य रामबाबु बैठाले रौतहट मौलापुर नगरपालिका -७ निवासी नारायण प्रसाद साहका छोरा प्रदीप कुमार साहलाई पुलिसको असइमा जागिर लगाइदिन्छु भनेर ५ लाख रकम लिएका थिए । जागिर लगाउन नसकेपछि पटक – पटक ताकेता गर्दै रकम फिर्ता माग्दा आफ्नो पहुँच नारायणकाजी श्रेष्ठ र विश्वनाथ साहसँग रहेको र नारायणकाजीको साथमै घरमा रहनेगरि जागिर लगाइदिने भनेर बहाना गरे । यस्तो गर्दागर्दै करिब चार-पाँच वर्ष बित्दा ऋण लिएको रकमको ९ लाख ब्याज गरि १४ लाख ऋणको भारले प्रदीप कुमार साहका बुबा नारायण प्रसाद साहको हृदयघात भई केहि दिन अघि मृत्यु भयो ।

यस्तो घटनापछि पीडित प्रदीप कुमार साहले रामबाबु बैठाका नाममा पर्सा पोखरिया नगरपालिका -१ बस्ने सुनिल चौरसियामार्फत आइएमबाट २०७२ को ६ र २१ गते एक लाख र २०७२ को १० र १२ गते गरी चार लाख पठाएको प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । निवेदनपछि पुलिसले रामबाबु बैठा र सुनिल चौरसियामाथि अदालतमा ठगी मुद्दा दर्ता गरायो । सुनिल चौरसियालाई पुलिसले समात्यो । तर वीरगंजको मुर्लीचौक नजिक रहेको गुरुङ होटेलमा रामबाबु बैठालाइ समात्न पुगेको पुलिस समातिसकेको अवस्थामा सँगै रहेका नेकपा पर्साका अध्यक्ष प्रभु हजाराको आग्रह र दबाबपछि नपक्री फर्कियो । घटनाको यो वृतान्त पीडित सुनिल कुमार साहले अघिल्लाे बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे ।

दोषी मध्येका नाइके बैठा राजनीतिक पहुँचको आधारमा उम्किन्छन्, फरार हुन्छन् तर आइएमइ मार्फत आफ्नो नाममा पैसा मगाउने चौरसीया भने थुनामा पर्छन् । अझ रोचक त के छ भने चौरसियाको पनि बैठाले जागीर लगाइदिन्छु भनेर ५ लाख ठगी गरेको उनले बयानको क्रममा प्रहरीलाई बताएका छ्न्। राजनीतिक दबाबका कारण एसपी सुमेन्द्र सिंह राठौरको नियत राम्रो नदेखेपछि पीडित पक्ष यतिबेला आत्तिएका छन् । नारायणकाजी श्रेष्ठ र विश्वनाथ साह बैठाको भाइको विवाहको भोज र गृह प्रवेशमा नियमित आइराख्ने गर्छन् ।

यो त मधेसको ठग राजनीतिको एक सानो उदाहरण मात्रै हो । मधेसमा राजनीति र नेताको हवाला दिँदै आम सर्वसाधारणलाई सास्ती दिने गरेका अनेकौं घटना भेटिन्छन् । शक्ति, पहुँच र सम्बन्धको दुरुपयोग गर्दै साधारण नागरिकलाई दुख दिनेहरुबारे प्रशासनसमेत मौन देखिने गरेको छ ।

दोषी मध्येका नाइके बैठा राजनीतिक पहुँचको आधारमा उम्किन्छन्, फरार हुन्छन् तर आइएमइ मार्फत आफ्नो नाममा पैसा मगाउने चौरसीया भने थुनामा पर्छन् । अझ रोचक त के छ भने चौरसियाको पनि बैठाले जागीर लगाइदिन्छु भनेर ५ लाख ठगी गरेको उनले बयानको क्रममा प्रहरीलाई बताएका छ्न्। राजनीतिक दबाबका कारण एसपी सुमेन्द्र सिंह राठौरको नियत राम्रो नदेखेपछि पीडित पक्ष यतिबेला आत्तिएका छन् । नारायणकाजी श्रेष्ठ र विश्वनाथ साह बैठाको भाइको विवाहको भोज र गृह प्रवेशमा नियमित आइराख्ने गर्छन् ।

(यादव राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । )c- janatasamachar

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu