Connect with us
Kapilvast Forest

इन्भेष्टमेन्ट बैंकले साढे १० प्रतिशत बोनस सेयर र साढे ८ प्रतिशत नगद लाभांश दिने

२०७६, २८ कार्तिक बिहीबारमा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीलाई साढे १० प्रतिशत बोनस सेयर तथा साढे आठ प्रतिशत नगद लाभांश दिने भएको छ।

बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको ५२२औँ बैठकले उक्त निर्णय गरेको हो।

निर्णयअनुसार आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सेयरधनीलाई ०७६ असार मसान्तमा कायम रहेको चुक्ता सेयर पुँजीको १९ प्रतिशतले हुन आउने लाभांशबाट उक्त बोनस सेयर तथा नगद लाभांश वितरण हुने बैंकले जनाएको छ। असार मसान्तमा बैंकको चुक्ता सेयर पुँजी १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार १ सय रुपैयाँ रहेको थियो।

उक्त रकमको १९ प्रतिशत अर्थात् २ अर्ब ४४ करोड ५२ लाख ५२ हजार ३ सय ३० रुपैयाँको सेयर तथा नगद वितरण गरिनलागेको हो।

बैंकले साढे १० प्रतिशत अर्थात् १ अर्ब ३५ कराड १३ लाख २३ हजार ६ सय ५६ रुपैयाँको बोनस सेयर र साढे आठ प्रतिशत अर्थात् १ अर्ब ९ करोड ३९ लाख २८ हजार ६ सय ७४ हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ।

प्रस्तावित बोनस सेयर तथा लाभांश सेयरधनीले राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र पाउनेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu