Connect with us
Kapilvast Forest

कामना सेवा बैंकको केन्द्रीय कार्यालय भवन उद्‍घाटन

२०७६, २८ कार्तिक बिहीबारमा प्रकाशित

कामना सेवा विकास बैंकको काठमाडौं ज्ञानेश्वरमा निर्मित केन्द्रीय कार्यालय भवनको अर्थमन्त्री युवराज खतिवडाले उदघाटन गरेका छन्।

स्थापनाको १३औं वार्षिकोत्सवका अवसरमा कामनाको मुख्यालय भवन उदघाटन गरिएको हो। त्यस क्रममा अर्थमन्त्री खतिवडाले ‘सफ्ट ओपनिङ’ मार्फत कामनाका बैंकिङ कारोबार सञ्चालन भइरहेका ५० शाखा कार्यालय भवनको समेते विद्युतीय माध्यमद्वारा एकैसाथ औपचारिक रुपमा उद्घाटन गरे।

कार्यक्रममा बैंकका कार्यकारी अध्यक्ष सुदीप आचार्यले सुरुआती चरणमा ४० मात्र शाखा कार्यालय रहेको बैंकले दुई वर्षको अवधिमा केन्द्रीय कार्यालय स्थानान्तरणका साथै ६३ वटा नयाँ शाखा कार्यालय थप गरिएको जानकारी दिए। आचार्यका अनुसार हाल कामनाले कूल १ सय ३ वटा शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको जानकारी दिए। तत्कालीन कामना विकास बैंक र सेवा विकास बैंकबीच मर्जर भएर २०७४ साउन २० गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो।

बैंकका संस्थापक सदस्य कृष्ण आचार्यले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भन्दै त्यसमा बैंक तथा बित्तीय संस्थाहरूको पनि महत्वपूर्ण भूमिका हुने स्पष्ट गरे। कामना सेवाले मुलुककै अर्थतन्त्रमा योगदान दिने गरी काम गरिरहेको उनले बताए। आगामी दिनमा बैंकले आफ्नो गतिलाई बढाउने समेत प्रतिबद्धता जनाए। सरकार र राष्ट्र बैंकको नीतिलाई केन्द्रमा राखेर बैंकले काम गरिरहेको उनको भनाइ थियो।

वार्षिकोत्सवका अवसरमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंसहित विभिन्‍न स्थानमा रक्तदान, फुटबल प्रतियोगिता, असक्त तथा वृद्धवृद्धाको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया, सरसफाई जस्ता कार्यक्रम आयोजना गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu