Connect with us
Kapilvast Forest

नेपाल बैंकप्रति अर्थमन्त्री खतिवडाकाे सन्तुष्टि

२०७६, ३० कार्तिक शनिबारमा प्रकाशित

 काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बैंक लिमिटेडको काम कारवाहीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले नेपाल बैंक लिमिटेड अनुशासित, आधुनिक, प्रतिस्पर्धी र एक्काईशौं शताब्दीको वाणिज्य बैंकहरुमा हुनुपर्ने गुणले युक्त भएको उल्लेख गर्दै त्यसका कामकारवाहीप्रति सन्तुष्टि व्यक्त गर्नुभएको हो ।

बैंकको ८३औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तिय संस्थाहरु आधुनिक प्रविधिमैत्री हुँदै गएकोमा खुशी पनि व्यक्त गर्नुभयो ।

‘एक समय आफू गभर्नर हुँदा नेपाल राष्ट्र बैंकमा अनलाईन सेवा शुरु गर्ने निर्णय गर्दा कर्मचारीहरुले विद्रोह नै गरेका थिए,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो,‘ त्यस अवस्थालाई हेर्दा बैंकहरुले हाल प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको देखिन्छ ।’ अर्थमन्त्री खतिवडाले कर्जा प्रवाहमा भने सन्तुलित व्यवहार गर्न पनि सबै बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउनुभयो । मुलुकको समृद्धिका लागि विनाधितो विभिन्न सहुलियतपूर्ण कर्जा कार्यक्रम शुरु गरेपनि त्यसलाई बैंकहरुले प्रभावकारी ढंगले अघि बढाउन नसकेकोमा उहाँको असन्तुष्टि थियाे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu