Connect with us
Kapilvast Forest

चाउचाउ र बियर भारततर्फ निकासी बढ्यो

२०७६, ३ मंसिर मंगलवारमा प्रकाशित

भैरहवा । नेपालमा उत्पादित चाउचाउ र बियर भारततर्फ निकासी बढेको छ।

विगतमा अदुवा, सुठो, अम्लिसो, रद्दि कागज, सिसाबोतल जस्ता कवाडी सामान तारपिन तेल, कत्था, प्लास्टिक बोरा धागो जस्ता वस्तु निकासी हँुदै आएको थियो।

भैरहवास्थित बेलहिया नाकाबाट अहिले चाउचाउ र बियरसमेत निकासी हुन थालेको छ। निर्यात बढ्दै गएको निकासीकर्ताले बताएका छन्। भैरहवा नाका हँुदै विभिन्न ३९ वस्तुको निकासी हँुदै आएका छन्।

तीमध्ये चाउचाउ र बियर पनि छन्। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको २ सय ६८ टन चाउचाउ र पास्ता तथा ४० लाख १५ हजार रुपैयाँ बराबरको १ लाख ४ हजार २ सय ८० लिटर बियर भारत निकासी भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले जानकारी दिए।

‘अघिल्लो वर्षबाट चाउचाउ र बियर निकासी भइरहेको छ। यसरी नै अन्य वस्तु निकासी भइरहे व्यापार घाटा कम हुन्छ’, सूचना अधिकारी पौडेलले भने।

यस नाकादेखि सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्स प्रालिबाट उत्पादित तयारी चाउचाउ एक वर्षदेखि भारततर्फ निकासी हुँदै आएको उद्योगका प्रबन्ध निर्देशक एवं सञ्चालक उज्ज्वल कसजूले बताए। उनले भने, ‘अहिले ५० ग्राम प्याकेटको चाउचाउ उत्तर प्रदेश र बिहारमा पठाइरहेका छौँ। माग राम्रो छ।’

नवलपरासीको रामग्राम नगरपालिकामा उद्योग रहेको सिद्धिविनायक स्न्याक्सले गज्जबको, दोस्ती, खुसी र कोसेली ब्रान्डका तयारी चाउचाउ उत्पादन गर्दै आएको छ।

त्यस्तै रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित यशोधा फुड्स उद्योगले पनि एक वर्षदेखि तयारी चाउचाउ भारत निकासी गर्दै आएको उद्योगका निर्देशक श्रवण बेरिवालले बताए।

‘तत्काल उत्तर प्रदेश र बिहार राज्यमा नै हाम्रो उद्योगबाट उत्पादित लाली र टिन्टी मिन्टी ब्रान्डका चाउचाउ निकासी गरिरहेका छौँ’, बेरिवालले भने, ‘राम्रो प्रतिक्रिया आएको छ। विस्तारै अन्य राज्यमा पनि निकासी गर्छौं।’

जगदम्बा फुड्सको उत्पादन पनि निकासी भइरहेको छ। रूपन्देहीमा उद्योग रहेको टाइगर ब्रुअरीको उत्पादन टेन्सबर्ग तथा लन्डन आइस बियर पनि भारतमा निकासी हँुदै आएको छ। यस्तै अन्य बियर पनि भारत निकासी हुँदै आएका छन्।

तयारी चाउचाउ, पास्ता र बियर गरी तीन महिनामा ३ करोड ८२ लाख २५ हजार मूल्य बराबरको निर्यात हुनु नेपालका लागि सकारात्मक भएको सरोकारवालाले बताएका छन्। वर्षभरीमा यी वस्तु मात्रै १५ करोड बढी निकासी हुने अपेक्षा छ।अन्नपुर्णमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu