Connect with us
Kapilvast Forest

जैसी परिवारका सात छोराछोरी फौजी

२०७६, ७ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । एकै बाबुआमाका सात छोराछोरी सरकारी कर्मचारी ? त्यसमा पनि सबै जना सुरक्षा निकायमा ? पत्याउनै मुस्किल हुन्छ । तर, यो यथार्थ हो ।

सुदूरपश्चिम प्रदेशअन्तर्गतको डोटीको केआई सिंह गाउँपालिका–६ का प्रेमराज र बासुदेवी जैसीका सात छोराछोरी छन् । ६ जना छोरा र एक जना छोरी । उनीहरु सबै सुरक्षा निकायमा भर्ती भए । जैसी परिवारलाई फौजी जागिरले यसरी छोयो कि एकपछि अर्को गरी सबै जना त्यहीँ भर्ती भए ।

एक जनाले अवकाश लिने र अर्को भर्ती हुने क्रमले २०७३ सालसम्म निरन्तरता पायो । जैसी दम्पत्तीकाका पाँच छोरा र एक छोरी नेपाली सेनामा भर्ती भए भने एक जना सशस्त्र प्रहरी बलमा । सात सन्तानमध्ये नेपाली सेनामा कार्यरत दुई जनाले अवकास जीवन बिताइरहेका छन् । राजधानी दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu