Connect with us
Kapilvast Forest

सडक अलपत्र पार्ने ठेकेदारविरूद्ध सिठी जुलुस

२०७६, ७ मंसिर शनिबारमा प्रकाशित

दोलखा। अरनिको राजमार्गअन्तर्गत चरिकोटबाट मुडेसम्म सडकको अलपत्र पारिएको भन्दै दोलखाको सदरमुकाम चरिकोटका स्थानीयवासीले सिठी बजाएर विरोध गरेका छन्।

निर्माणाधीन कम्पनीले सडक अलपत्र पारेपछि निर्माण गर्न दबाबस्वरुप प्रत्येक हप्ता फरक–फरक तरिकाले आन्दोलन गर्दै आएका छन्। यसपटक हाते साङ्लो बनाएर विरोध गरेका थिए।

यसअघि निर्माण व्यवसायीलाई कालोपत्र गर्न माग गर्दै चरिकोटमा निर्माण व्यवसायी दीपक सापकोटाको फोटो ब्यानर बनाएर टाँसेका थिए। उनीहरुले बनाएको ब्यानरमा निर्माण व्यवसायीको नाम लेख्दै ‘तपाईँ मलाई चिन्नुहुन्छ, काम नगर्ने ठेकेदार मै हुँ’ भनेर प्रश्न गरेको ब्यानर बनाएर बस तथा चरिकोट चोकमा निर्माण व्यवसायी सापकोटाको फोटोसहित दबाब अभियान शुरु गरेका थिए।

‘हामीले पटक–पटक फरक तरिकाले काम शुरु गर्न दबाब दिँदै आएका छौँ, निर्माण कम्पनीले हाम्रो माग पूरा गर्न जोडदार माग गर्दछौँ,’ चरिकोटका नागरिक अगुवा चिरञ्जीवी मास्केले भने।

निर्माण कम्पनीले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने, सामूहिक मुद्दा दायर गर्ने नागरिक अगुवा रमेश खतिवडाले बताए। नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले सडक समयमै निर्माण नहुँदा दोलखाको पर्यटन व्यवसायमा नकारात्क असर परेको बताए।

दुई चरणमा सडक विस्तार भइरहेको यस सडक निर्माण पहिलो चरणको सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले काम गर्दै आएको छ।

पहिलो चरण खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर र दोस्रो चरण मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर रहेको छ। पहिलो चरणको काम रु ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएको छ। पहिलो चरणअन्तर्गत खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर सडकमध्ये १२ किलोमिटर सडक कालोपत्र भइसकेको लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीप बराहीले जानकारी दिए।

दोस्रो चरणको मुडेबाट चरिकोटसम्मको ३० किलोमिटरका लागि भारतीय कम्पनी सकिल हैदरसँगको साझेदारीमा शङ्करमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्काको जिम्मा पाएका हुन्। रु ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu