Connect with us
Kapilvast Forest

चितवन मेडिकल कलेजभित्र पिस्तोल, कलेज सुरक्षाकर्मीको नियन्त्रणमा

२०७६, ८ मंसिर आईतवारमा प्रकाशित

chitwan_medical

सरकारले तोकेभन्दा बढी शुल्क उठाउने कलेजविरुद्ध विद्यार्थी आन्दोलन चलिरहेका वेला चितवन मेडिकल कलेजमा पिस्तोल भेटिएको छ । न्यायको आवाज दबाउन अनेक उपाय लगाएको कलेजले प्रहरीसँग मिलेर पिस्तोल राखेको विद्यार्थीको आशंका छ ।

प्रमुख जिल्ला अधिकारीको रोहबरमा ४ असोजमा बसेको सर्वपक्षीय बैठकमा कलेजले १८ कात्तिकभित्र रकम फिर्ता वा समायोजन गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेपछि विद्यार्थीले आइतबार विरोध र्‍याली निकाल्ने तयारी गरेका थिए ।

मूल मुद्दा विकेन्द्रित गर्दै आन्दोलन दबाउने र आफूहरूलाई फसाउने मनसायले गम्भीर षड्यन्त्रमा पिस्तोल राखिएको उनीहरूको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले नीलो झोलामा पिस्तोलसहितका सामग्री कलेजको होस्टेलअगाडि चौरमा भेटिएको बताएका छन् । सूचनाका आधारमा आफूहरू कलेज पुगेर ‘मेड इन युएसए’ लेखिएको १११७ पेस्तोल एक थान, वाइको म्यागजिन एक थान, वाइको गोली दुई थान, थ्री नट थ्री राइफलमा लाग्ने गोली एक थान, थ्री नट थ्रीको फायर भएको खोका एक थान र एसआरआर राइफलमा लाग्ने फायर खोका ६ थानसहित रेसमी विद्युतीय तार बरामद गरेको उनले बताए । प्रहरीले कलेजका चार गार्डलाई नियन्त्रणमा लिएको छ ।

‘हतियार बरामद गरेका छौँ । सो घटनामा शंका लागेका कलेजका चार गार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ,’ कोइरालाले भने, ‘अनुसन्धान भइरहेकाले बाँकी विषय बोल्न मिल्दैन ।’ आजको नयाँ पत्रिकामा समाचार छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu