Connect with us
Kapilvast Forest

समाजवादी विद्यार्थी युनियनको प्रदेश ५ को अध्यक्षमा यादव चयन

२०७६, ७ मंसिर शनिबारमा प्रकाशित

  • सनिउल्ला धोबी कपिलवस्तु मंसीर ७

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएपछि बनेको समाजवादी पार्टी नेपालको भातृ विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन प्रदेश नं ५ को अध्यक्षमा ओम प्रकाश यादव चयन भएका छन् ।
प्रदेश नं ५ को कपिलवस्तु चन्द्रौटामा आज भएको नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको एकता घोषणा सभाबाट यादव अध्यक्ष चयन भएका हुन्।
युनियनको वरिष्ठ उपाध्यक्षमा सन्तोष भुसाल, उपाध्यक्षमा बसन्त यादव, मुख्य सचिवमा संगम पोखरेल, सचिव संगीता गाह, बसन्त आचार्य, सदस्यहरुमा करुण बयलकोटी, सफातअली डफाली, उमेश यादव, राकेश कुर्मी चयन भएको युनियनले जनाएको छ ।
कोषाध्यक्षमा बाकेबाट चयन गरीने युनियनले जनाएको छ ।
युनियनको प्रदेश सभापती रिता यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टी प्रदेश ५ का इन्चार्ज दान बहादुर चौधरी प्रमुख अतिथिमा रहनु भएको थियो । विशिष्ट अतिथीमा प्रदेश अध्यक्ष अशोक यादव, युनियनका केन्द्रीय अध्यक्ष रुप नारायण श्रेष्ठ प्रदेश ५ का नेता सहजराम यादव, अकरम पठान, जिल्ला अध्यक्ष शैलेन्द्र यादव, नेता मंगल गुप्ता, सतिस चन्द्र गुप्ता,रहिश शाह, मेनाज खान लगायतको सहभागीता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu