Connect with us
Kapilvast Forest

पाचौ राष्ट्रिय उद्योग दिवसमा ५ जना महिला उद्यमी सम्मानित

२०७६, ९ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु ९ मंसिर,
पाचौ राष्ट्रिय उद्योग दिवसमा ५ जना महिला सहीत ६ जनालाई सम्मानित गरिएको छ । घरेलु तथगा साना उदोग संचालन गरेर नमुना काम गरे बापत तौलिहवामा उनीहरुलाई दोसल्ला ओढाएर सम्मानित गरिएको हो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल, र बिष्णु प्रसाद ज्ञवालीले उनीहरुर्ला रातो टीका र दोसल्ला ओढाएका थिए ।

ढाका उद्योग तर्फ बाणगंगा नगरपालिकाकी लक्ष्मी सारु, ब्लक उदोगमा फुल कुमारी श्रेष्ठ, दुना टपरीमा बुद्धभुमी नगरपालिकाकी भीमा पोख्रेल सम्मानित भएका छन ।

डल कुसन उद्योग तर्फ बुद्धभभुमी नगरपालिका कै रिता थापा, अगरत्ती उद्योगमा शान्ति गुप्ता र फर्निचरमा बा(णगंगा नगरपालिकाका दिल बहादुर श्रेष्ठ सम्मानित भएका थिए । सो अवसरमा समन्वय समितिका प्रमुख खनालले कृषि प्रधान देश अब उद्योग धन्दा तर्फ उनमुख भएको बताए । उनले देशलाई संबृद्ध बनाउन भाषण होइृन उदोग कलकारखाना स्थापना गर्नुु पर्ने बताए । उनले देश नयाढंगले अघि बढेकोले सोचमा परिवर्तन ल्याउनु पने बताए ।

सो अवसरमा बिष्णु प्रसाद ज्ञवालीले सरकारले उदोग कलकारखना खोल्न ब्यापारी मैत्री कानुन निर्माण गर्नु पर्ने बताए । कार्यक्रममा तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादीन कुमीृ, कपिलवसतु उदोग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, बुद्धभुमी उद्योृग बाणिज्य संघका अध्यक्ष सुभलाल भुसालले लागनी बढाउन सरकारले लगानी मैत्री कानुन बनाउनु पर्ने बताए । सो अवसरमा घरेलु कार्यालकया प्रमुख राजन केसीले ५ लख सम्मको पुजी भएको उद्योग ब्यवसायलाइृ स्थानीय निकायले दर्ता र नविकरण गर्न सक्ने गरी कानुन निर्माण भएको बताए ।

उनले बर्षो देखि नबिकरण नभएका ब्यवसायलाई एक पटककालागि तेब्बर जरिबना तिरेर अफनो ब्यवसाय नविकरण नर्ग सक्ने गरी प्रावधान बनाइएको बताए । अहिले सम्म घरेलु कार्यालयमा ५६ सय ५५ साना उदोग, ३७ घरेलु र २ सय २ लघु उदोग दर्ता भएको कार्यपत्र माफृत जानकारीि गराएका थिए । साझेदारी फर्म ९ हजार ९१६ र साझेदारी फर्म ४५ छन । घरेलु कार्यालयका प्रमुख केसीको अध्यक्षता, रामचन्द्र अर्यालको संचालनमा भएको कार्यक्रममा पबित्रा भट्टराई, फुल कुमारी श्रेष्ठ लगायतले मन्तब्य दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu