Connect with us
Kapilvast Forest

प्रदेश १ का सबै मन्त्री ऋणमा

२०७६, १३ मंसिर शुक्रबारमा प्रकाशित

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाहेक सबै मन्त्रीहरू ऋणमा देखिएका छन् । गत वर्ष मन्त्रीहरूको सम्पत्ति विवरण खुलाउन आनाकानी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसपालि सार्वजनिक गरेको छ । गतवर्षजस्तै यो वर्ष पनि चारै जना मन्त्रीले आफूहरू ऋणमा रहेको देखाएका हुन् ।

प्रदेश सरकारको ढुकुटी सञ्चालन गर्ने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो २ करोड ७१ लाख ऋणमा छन् ।सामाजिक विकासमन्त्री जीवन घिमिरेले बैंक अफ काठमान्डुबाट १ करोड १८ लाख ५५ हजार र एक्सल बैंकबाट ४ लाख ३२ हजार गरी १ करोड २२ लाख ८७ हजार रुपैयाँ ऋण लिएको विवरण गत वर्ष पेस गरेका थिए । एक वर्षमा उनले एक्सल बैंकबाट लिएको ४ लाख ३२ हजार रकम ऋण घटाएको उल्लेख गरेका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत पनि १८ लाख रुपैयाँ ऋणमा छन् ।आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले गत वर्षझैं यो वर्ष पनि सम्भावी सहकारी बानेश्वरमा ३ लाख रुपैयाँ ऋण रहेको विवरण पेस गरेको खबर आजको कान्तिपुरमा छ ।

सेयर लगानी र सम्पत्तिका हिसाबले गत वर्ष सबैभन्दा धनी देखिएका सामाजिक विकासमन्त्री घिमिरे यो वर्ष पनि अगाडि देखिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu