Connect with us
Kapilvast Forest

कन्डम आयात बढ्यो

२०७६, १४ मंसिर शनिबारमा प्रकाशित

चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो ४ महिनामा (साउनदेखि कात्तिक सम्म)मा कन्डम आयात ५३ दशमलब २२ प्रतिशतले बढेको छ।

भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको तथ्यांकमा नेपालले भारत तथा तेस्रो मुलुकबाट ६३ हजार ६ सय २१ केजी कन्डम आयात गरेको छ। तर, गत आर्थिक वर्ष २०७५/०७६ को सोही अवधिका भने ४१ हजार ५ सय २१ केजी कन्डम आयात भएको थियो।

नेपालबाट चालु आवको पहिलो ४ महिनामा कन्डम आयातमा मात्रै ७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ। तर, गत आवको सोही अवधिमा भने कन्डम आयातमा नेपालबाट ३ करोड ५९ लाख ४७ हजार रुपैयाँ खर्च गरेको थियो। चालु आवमा नेपालले सबैभन्दा बढी कन्डम भारतबाट आयात गरेको छ।

भारतबाट मात्रै ६१ हजार २ सय ८ केजी कन्डम आयात भएको छ। यसैगरी, चीनबाट ४ सय ५४ केजी, दक्षिण कोरियाबाट ४ सय १८ केजी, मलेसियाबाट १ हजार ५ सय ३८ केजी र अमेरिकाबाट २ केजी कन्डम आयात गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu