Connect with us
Kapilvast Forest

ट्रायथोलनकी सोनीले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो ।

सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन ।ट्रायथोलन महिलातर्फ भारतले रजत र कास्य पदक हात पारेको छ । भारतीय खेलाडी प्रग्न्या मोहनले रजत पदक हात पारिन् भने सरोजानी देवीले काहय पदक हात पारिन् ।

पहिलो स्वर्ण नेपालले सोमबार नै  काठमाडौंमा भएको कराँते प्रतियोगिताको पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले पाकिस्तानी खेलाडी नियमातुलिहलाई पराजित गर्दै दिलाएका थिए ।

सोमबार नै भएको ट्रयाथोलन (पुरुष)मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले कास्य पदकमा चित्त बुझाएको छ ।

खेलको समयबारे अफिसियल घोषणा हुन बाँकी छ । गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।प्रतियोगिता महिला तथा पुरुष दुवै विधामा हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र श्रीलका सहभागी छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu