Connect with us
Kapilvast Forest

माल्दिभ्सविरुद्ध नेपालको जित, ५ बलमै भेट्टायो लक्ष्य

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

काठमाडौं : १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा माल्दिभ्सले दिएको १७ रनको लक्ष्य नेपालले ५ बलमै भेट्टाएको छ। सोमबार बिहान पोखरा रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाउँदै १६ रन जोडेको थियो।नेपालले १७ रनको सामान्य लक्ष्य बिना कुनै विकेट ५ बलमा भेट्टायो।

नेपालका लागि ओपनर काजल श्रेष्ठले ५ बलमा ३ चौकाको मद्दतमा १३ रन जोडिन्। बाँकी ४ रन नेपाललाई अतिरिक्त प्राप्त भयो।यसअघि ब्याटिङ गरेको माल्दिभ्सका लागि ओपनर हम्जा नियाजले ९ रन र पाचौं नम्बरमा ब्याटिङमा आएकी हब्सा अब्दुल्लाले ४ रन जोडे। उसका ८ जना ब्याट्सवुमन शून्य रनमै आउट भए। नेपाली बलरले ३ अतिरिक्त रन दिए। नेपालका लागि अञ्जली  चन्द एक्लैले ६ विकट लिइन्। करुणा भण्डारीले २ विकेट लिइन्। २.१ ओभर बलिङ गर्दा अञ्जलीले कुनै रन दिइनन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu