Connect with us
Kapilvast Forest

नेपालकी अञ्जली चन्दले क्रिकेटमा विश्व कीर्तिमान बनाइन्

२०७६, १६ मंसिर सोमबारमा प्रकाशित

काठमाडौं-दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा माल्दिभ्स विरुद्धको खेलमा नेपालकी अञ्जली चन्दले विश्व कीर्तिमान बनाएकी छन् ।चन्दले एक रन पनि नदिई ६ विकेट लिइन् । सातौं ओभरमा बलिङ गर्न आएकी चन्दले मेडन ओभरमा तीन विकेट लिइन् । यसपछि नवौं ओभरमा दुई विकेट लिइन् । नवौं ओभरमा पनि मेडन नै राखिन् ।

एघारौं ओभरमा आएकी चन्दले थप एक विकेट लिदैं ह्याट्रिक पूरा गर्दै विश्व कीर्तिमान बनाएकी हुन् । अहिलेसम्म कुनै पनि क्रिकेटरले कुनै रन नदिई ६ विकेट लिएका छैनन् ।१०.१ ओभरमा १६ रन जोडेको माल्दिभ्सलाई नेपालले बिना विकेटको क्षतिमा ०.५ ओभरमै हराउँदै विजयी शुरुवात गरेको छ । नेपालका लागि करुण श्रेष्ठले १३ रन जोडिन् भने चार रन एक्स्ट्रा मिलेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu