Connect with us
Kapilvast Forest

चौथोलाई स्वर्ण दिन खोज्दा विवाद !

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को चौथो दिन एकाएक उसु खेलका क्रममा विवाद भयो । लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा रेफ्री र खेल पदाधिकारी विरोधमा उत्रिए, दर्शकले पानीको बोतल फाले ।

कारण थियो, चौथोलाई स्वर्ण दिन खोज्नु ।

उसु थाउलोको पुरुष ताइजीतर्फ नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।प्रशिक्षकहरुअनुसार भारतका ज्ञानदास सिंह स्वर्ण पदकका दावेदार थिए भने नेपालका हरिप्रसाद गोली रजत पदकका । त्यसपछि बंगलादेशका मोहम्मद विप्लव रुद्रा । श्रीलंकाका थरिन्दु निर्मल अनुराथ सबैभन्दा कमजोर देखिएका थिए ।म्याच रेफ्रीले सबैभन्दा कमजोर भनिएका श्रीलंकन खेलाडीलाई नै विजेता घोषित गरे । भारतका ज्ञानदास दोस्रो र नेपालका हरि तेस्रो भएको नतिजा सार्वजनिक भयो ।

नेपालका उसु प्रशिक्षक अमरकुमार थिङ पनि रेफ्रीको निर्णय गलत भएको मान्छन् । ‘चौथो हुनुपर्नेलाई पहिलो र पहिलो हुनुपर्ने भारतलाई दोस्रो तथा दोस्रो हुनुपर्नेलाई तेस्रो बनाइयो । त्यही कारण विवाद भएको हो’ उनले अनलाइनखबरसँग भने ।

सुरुमा भारतीय प्रशिक्षक र अफिसियलले निर्णयको विरोध गरे । त्यसपछि नेपालले पनि विरोध जनायो । घरेलु समर्थकहरुले ग्राउण्डमा पानीका बोतलसमेत हाने ।

केहीबेर तनाव उत्पन्न भयो ।

प्रहरीले ग्राउण्डमा पुगेका भारतीय अफिसियललाई हटाए । घरेलु दर्शकलाई सम्झाए ।तर समय सकिसकेपछि विरोध गरेको भन्दै रेफ्रीले आफ्नो निर्णय परिर्वतन गर्न मानेनन् ।

निर्णायक टिमको प्रमुख चिनियाँ थिए, जसको उठबस श्रीलंकनहरुसँग भएको र त्यहीका कारण चौथो भएका खेलाडीलाई स्वर्ण दिन खोज्दा लफडा भएको गाइगुई चल्यो । यद्यपि निर्णायकको निर्णय नै अन्तिम बन्यो ।

आयोजकले पदक वितरण गर्न थाल्यो । श्रीलंकन खेलाडी पदक लिन गएका पनि थिए । तर दोस्रो घोषित भारतीय खेलाडीले लिन अस्वीकार गरेपछि पदक वितरण समारोह विथोलियो । सम्भवत अब भोलि मात्र पदक वितरण हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu