Connect with us
Kapilvast Forest

महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

पोखरा : जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य बंगलादेशले कुनै विकेट नगुमाई भेट्टायो।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ५० रन जोड्यो । बंगलादेशको धारिलो बलिङसामू नेपाली ब्याट्सवुमनले खुलेर खेल्न सकेनन् । ५० रनको योगफलमा नेपालको ४ वटा मात्र बाउन्ड्री सामेल भयो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्री, सोनु खड्का र इन्दु बर्माले १३, १२ र १० रन जोड्न बाहेक कुनै पनि ब्याट्सवुमनले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । यसैगरी पाँच खेलाडी भने शून्य रनमै आउट भए।

बंगलादेशकी रबेया खानले ४ र जहनारा आलमले २ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको बंगलादेशले ५१ रनको सामान्य लक्ष्य ७.४ ओभरमा पुरा गर्‍यो । उसका लागि ओपनरद्वय आयशा रहमानले २६ र मर्सिदा खातुनले २३ रन जोड्दै आफ्नो टिमलाई जित दिलाए । आयशाले १ छक्का र ३ चौका हिर्काइन् भने मर्सिदाले ४ चौका हानिन् ।

यसअघि मंगलबार भएको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई विश्व कीर्तिमानसहित १० विकेटले नै पराजित गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu