Connect with us
Kapilvast Forest

१३ औं साग : क्रिकेटमा नेपालद्वारा भुटानलाई २३७ रनको लक्ष्य

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

मंसिर १९, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टी-ट्वान्टीमा सतक प्रहार गरेका छन्। योसँगै कप्तान ज्ञानेन्द्र टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् ।

यस अघि पारस खड्काले मात्र शतक बनाएका थिए। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको भुटानविरूद्धको खेलमा ज्ञानेन्द्रले ५२ बलमा सतक हानेका हुन्। ज्ञानेन्द्रले ५ चौका र ९ छक्का प्रहार गरे। मल्लले ५५ बल खेल्दै १०७ रन बनाएर आउट भए।

नेपालले भुटानलाई २३७ रनको विजयी लक्ष्य दिएको दिएको छ। नेपालले पुरै २० औं ओभर खेल्दै ३ विकेटको क्षतिमा २३६ रन बनायो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu