Connect with us
Kapilvast Forest

१३ औं साग : महिला ह्याण्डबलमा श्रीलंकालाई नेपालले हरायो

२०७६, १८ मंसिर बुधबारमा प्रकाशित

पोखरा-१३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल खेल सुरू भएको छ। आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद सुरूआत गरेको हो।पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ गोलले पराजित गर्दै सुखद् सुरूआत गर्‍यो।

नेपालको तर्फबाट उमा राईले सर्वाधिक ८ गोल गरिन्। उमाले सबै गोल पेनाल्टीबाट गरेकी हुन्। त्यसपछि कविता राईले ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। नेपालको निशा राई र कल्पना वलीले समान ४ गोलको योगदान गरे। कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरे। बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदान दिए।

उता, श्रीलंकाको तर्फबाट भने रुवानी डीले सर्वाधिक ७ गोल गरिन्। त्यसपछि, नाडे र सासले समान ३ गोलको योगदान दिए। हार्सिका उदय र दिलुक्सी एमले समान २ गोल गरे। उमासिका र चानिकले समान १ गोलको योगदान दिए।

विजेता नेपालको तर्फबाट निशा राईले टोलीका लागि गोलको खाता खोलेकी थिइन्। त्यसपछि कविता राईले टोलीलाई अग्रता दिलाए। श्रीलंकाको तर्फबाट भने जयासिंघे अराच्चिगेले गोलको खाता खोलेकी थिइन्। लोकुरु वाडुभिडानालागे नाडेले दोस्रो गोल गरेकी थिइन्।

तुलनात्मक रूपमा नेपाली खेलाडीभन्दा श्रीलंकन खेलाडीहरूलाई उचाइमा साथ दिए पनि नेपाली खेलाडीहरूको तीव्र गतिको खेलले सफलता हात लागेको प्रशिक्षक कृष्ण शाक्यले प्रतिक्रिया दिए।
टोलीले बनाएको रणनीतिक योजना अनुसार खेलाडीले खेलेका कारण सफलता हात लागेको प्रशिक्षक शाक्यले प्रतिक्रिया दिए।

भारतसँग माल्दिभ्स ४१–९ गोलले स्तब्ध

त्यस्तै, साग अन्तरगतकै दोस्रो खेलमा भारतले माल्दिभ्समाथि ४१–९ को फरक गोल अन्तरले हरायो। भारतका लागि निधि शर्मा, मेनिका र सोनिकाले सर्वाधिक ६/६ गोल गरे। भारतका लागि खुश्बु कुमारी, स्वर्णिमा जैसवाल र शालिनी ठाकुरले समान ४ गोल गरे।

ज्योति शुक्ला, उमा, केएम मञ्जुला पाठकले समान २ गोलको योगदान गरे। प्रियन्का ठाकुर, दीपशिखा र प्राची गर्जुरले समान १ गोल गरे।

उता, माल्दिभ्सको तर्फबाट भने ऐसथ रिमाले सर्वाधिक ४ गोल गरे। हालिमिथ हान्साले २ गोलको योगदान गरिन्। धिमा मोहम्मद, ऐसथ लेने अब्दुल्लाह अमिर र नुहा अहमेदले समान १ गोल गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu