Connect with us
Kapilvast Forest

पुरुष फूटबल : बंगलादेशविरुद्व बराबरी खेले पनि नेपाल फाइनल पुग्ने

२०७६, २२ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं- बंगलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फूटबल १३ औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण दाबेदारका रूपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलंकासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बंगलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्ने हुन्छ ।

यता बंगलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । खेल आइतवार साँझ ५ बजेपछि शुरू हुनेछ । भुटानविरुद्व ४–० को जीत निकालेको नेपालले श्रीलंकासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धारित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो ।

सोही कारण पनि आज साग फूटबलको फाइनल प्रवेशका लागि नेपाललाई बंगलादेशसँग जीत या बराबरी आवश्यक छ । दशरथ रंगशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिवार माल्दिभ्सविरुद्ध २–१ को जीत हात पार्‍यो । जारी खेलमा नेपालसँग मात्रै पराजित भुटान चार खेलबाट शीर्ष ९ अंक जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ ।

त्यसैगरी नेपाल ७ अंक जोड्दै दोस्रो स्थानमा छ । यता बंगलादेशको ४ अंक रहेको छ । श्रीलंका र माल्दिभ्सको भने समान २/२ अंक रहेको छ । नेपाल र बंगलादेशबीचको विजेता टोलीले सागको स्वर्ण पदकका लागि भुटानसँग खेल्नेछ । सागको पुरुष फूटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोबिनमा सञ्चालन भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu