Connect with us
Kapilvast Forest

बास्केटबलमा नेपाल सेमिफाईनलमा

२०७६, २२ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं, मंसिर २२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फ नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा आइतबार (आज) भएको खेलमा माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो ।

पहिलो क्वाटरमा १८–१७ को अग्रता लिएको नेपालले दोस्रो क्वाटरमा २३–१२ को फराकिलो अग्रता बनायो । तेस्रो क्वाटरमा १७–११ को अग्रता बनाएको नेपाल अन्तिम क्वाटरमा भने १८–२२ ले पछि पर्‍यो ।

समग्रमा ७६–६२ को जितसँगै नेपाल समुह उपविजेताको रुपमा सेमिफाईनलमा ठाउँ पक्का गरेको हो ।

सेमीफाईनलमा नेपालले अब भारतको सामना गर्नेछ । सेमीफाईनल खेल सोमबार (भोलि) हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu