Connect with us
Kapilvast Forest

हङकङमा सरकारको विरोधमा अहलेसम्मकै ठूलो प्रदर्शन

२०७६, २३ मंसिर सोमबारमा प्रकाशित

काठमाण्डाै – हङकङमा सरकारको विरोधमा अहलेसम्मकै ठूलो प्रदर्शन भएको छ । प्रदर्शनमा झण्डै ८ लाख मानिस सहभागि भएका आयोजकले दाबी गरेको छ । तर हङकङको प्रहरीले भने एक लाख ८३ हजार जना सभागि भएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले ११ जनालाई पक्राउ समेत गरेको छ । प्रदर्शनकारीले हङकङलाई स्वतन्त्र बनाउनुपर्ने, पक्राउ परेकालाई रिहा गर्नुपर्ने र निष्पक्ष चुनाव गराउनु पर्ने माग गरेका छन् ।

उनीहरुले मोबाइल र टर्चलाईट बालेर सरकार बिरोधी नारा लगाएका थिए । हङकङ सरकारले विज्ञप्तीमार्फत् शान्ति कायम गर्न र विरोध नगर्न आग्रह गरेको छ ।प्रदर्शनकारीले शान्तिपूर्ण आन्दोलन गरेका बताएपनि प्रहरीले भने प्रदर्शन हिँसात्मक भएको टिप्पणी गरेको छ ।सुपुदर्गी विधेयकको विरोधमा ६ महिनादेखि हङकङमा सुरु भएको आन्दोलन सरकारले विधेयक फिर्ता लिइसके पनि रोकिएको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu