Connect with us
Kapilvast Forest

संस्थानमा डुब्यो १८ अर्ब ५० करोड वैदेशिक ऋण

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् । तर १३ औं साग सम्बन्धि समाचार भने सबैजसो पत्रिकाले महत्वका साथ प्रकाशन गरेका छन् भने संस्थानमा सरकारले गरेको लगानी, अख्तियारको छानबिन, विद्युत्तीय चुल्हो प्रवद्धन लगायतका विषयमा समेत सामग्री सम्प्रेषण गरेका छन् ।

सोमबार जनता समाचार डट कम मा दाहालले बोलाए सचिवालय बैठक, गाडीमुनि शंकास्पद वस्तु, ज्वालामुखी विष्फोटमा ५ को मृत्यु, चिनौँ सिमाना – जोगाऔँ माटो, नेकपाको स्थायी कमिटी बैठक मंसिर २९ गते, काभ्रेमा बढ्दै घरेलु हिंसा, कोदो उत्पादनको पकेट क्षेत्र बाँझोमा परिणत र गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु लगायतका समाचार प्रकाशन गरिए ।

अन्नपूर्ण पोष्ट् दैनिकले संस्थानमा डुब्यो १८.५ अर्ब शीर्षकमा शीर्ष समाचार प्रकाशन गरेको छ । समाचार अनुसार सरकारले वैदेशिक ऋण लिएर लगानी गरेको १८ अर्ब ५० करोड रुपैयाँ लगानी डुबेको छ । सार्वजनिक संस्थान, निकाय र विकास समितिमा गरी ३७ वटा संस्थामा १ खर्ब ४६ अर्ब रुपैयाँ वैदेशिक ऋण लगानी गरेको थियो । त्यसमध्ये १५ संस्थानमा गरिएको १८ अर्ब ५० करोड रुपैयाँ डुबेको समाचारमा उल्लेख छ ।

संस्थानहरुलाई दक्षतापूर्वक सञ्चालन गर्न नसक्दा ऋण लगानीमा प्रतिफल प्राप्त गर्न नसकिएको समाचारमा विश्लेषण छ । सरकारले रघुपति जुट मिल्स, विराटनगर जुट मिल्स लिमिटेडलगायतका उद्योग सञ्चालनका लागि दाता मुलुकबाट ऋण लिएको थियो । ती संस्थानबाट ऋण नउठेको दातृ निकायले भने सरकारलाई दिएको ऋण मिनाहा गरिसकेका छन् ।

यसैगरि पत्रिकामा ‘हाँसी हाँसी फर्किउन उनी’, नेकपा जुर्मुरायो बल्ल र फेरि गौरिका, जसले बनाइन ४ स्वर्णको कीर्ति शीर्षकका भिन्न भिन्न समाचार समेत प्रथम पृष्ठमा समेटिएका छन् ।

राजधानी दैनिक ले ‘नेकपा नयाँ कार्यदिशा, वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादतर्फ’ शीर्षकमा समाचार छापेको छ । समाचारअनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विधान संशोधन गर्दै वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्ने गरी पार्टीको नयाँ कार्यदिशा तय गरेको हाे ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको  सचिवालय बैठकले पार्टीको विधान संशोधन गर्दै कार्यदिशा परिवर्तन गर्ने निर्णय गरेको छ । यसैगरी, जलपरी गौरिकाको चार स्वर्णको कीर्तिमानलाई पनि राजधानीले प्रमुख पृष्ठमा प्राथमिकताका साथ छापेको छ ।

कान्तिपुर दैनिक ले ‘आ–आफ्नै मोर्चा’ शीर्षकमा समाचार छापेको छ । समाचारमा पार्टी एकीकरणको डेढ वर्षसम्म अलमलजस्तो रहेको पार्टी पछिल्लो समय नयाँ कार्यदिशा तय गर्ने तयारीमा जुटेको उल्लेख छ। प्रधानमन्त्री केपी ओलीले सरकारको काम र पार्टीको काम पुष्पकमल दाहालले गर्ने सहमति दिएपछि पार्टीले कार्यकर्तामाझ नयाँ कार्यक्रम ल्याउन लागिरहेकाे हो । स्रोतका अनुसार एकै दिन धुम्बाराहीमा पार्टी बैठक र  बालुवाटारमा मन्त्रिपरिषद् बैठक गरेर नेकपाले नयाँ गति लिएको  सन्देश दिन खाेजेकाे  देखिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu