Connect with us
Kapilvast Forest

बेलायती आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीलाई ‘ऐतिहासिक’ बहुमत

२०७६, २७ मंसिर शुक्रबारमा प्रकाशित

लन्डन– बेलायतको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ ।६ सय ४२ सिटका लागि बिहीबार भएको निर्वाचनमा पछिल्लो मतपरिणामअनुसार कन्जर्भेटिभ पार्टीले ३ सय ६२ सिट जितिसकेको छ । सदनमा स्पष्ट बहुमतका लागि ३ सय २६ सिट भए पुग्छ ।प्रतिपक्षी दल लेबर पार्टीले भने २ सय ३ सिटमा जीत हासिल गरेको छ ।

कन्जर्भेटिभ पार्टीले पछिल्लो ३२ वर्ष यताकै सबैभन्दा धेरै सिट हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।आम निर्वाचनको परिणामअनुसार प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई युरोपियन युनियन (ईयू)बाट अलग पार्न जनताको स्पष्ट अनुमति पाएका विश्लेषण गर्न थालिएको छ ।प्रधानमन्त्री जोन्सनले अक्टोबर ३१ सम्म बेलायतलाई ईयूबाट पार्ने बाचा गरेका थिए । तर, उनको प्रस्ताव संसदबाट अस्वीकृत भएपछि आम निर्वाचनको घोषणा भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu