Connect with us
Kapilvast Forest

जाडोमा फिट एन्ड फाइन कसरी रहने

२०७६, २७ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं –

मौसम धुम्मिएको छ । कठ्याग्रिने चिसो छ । छिटपुट पानी परेको छ । कहीँ हिमपात पनि सुरु भइसकेको छ ।

अब जाडो यामले छोपिसकेको छ । चिसो बढेसँगै केही स्वास्थ्य समस्या पनि देखापर्छ । साथसाथै कतिपय अवस्थामा दैनिक जीवन कष्टकर पनि बन्छ । यद्यपि यो मौसममा केही सावधानी अपनाउने हो भने आफुलाई फिट एन्ड फाइन राख्न सकिन्छ । आफ्नो दिनचर्यालाई अरु बेला झै चुस्त र सन्तुलित राख्न सकिन्छ ।

तातो खाना

जाडोमा खाइने खानाले पनि स्वास्थ्यसँग सम्बन्ध राख्छ । जाडोमा तातो र हल्का भोजन गर्नु प्रतिरक्षा बढाउने राम्रो तरिका हो । किनकी यसले ब्याक्टेरियाबाट लड्न मद्दत गर्छ । मौसम परिवर्तनको समयमा हल्का र तातो भोजनले प्रतिरक्षा प्रणाीलाई एक तह माथि लैजान्छ ।

पर्याप्त निद्रा

आयुर्वेदमा पर्याप्त निद्रालाई सबैभन्दा राम्रो मानिएको छ । जाडो मौसममा कुनै व्यक्तिका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ ताकि प्रतिरक्षा क्षमता वृद्धि हुन सकोस ।

खानामा मसला

खानामा केहि मसला मिश्रण गर्नु पनि जाडोमा लाभदायक हुन्छ । यसले शरीरको प्रतिरक्षा क्षमता बढाउनमा सहयोग गर्छ । जीरा, बेसार, धनिया, अदुवा र मरिच जस्ता मसला आफ्नो दैनिक आहारामा समावेश गर्न सकिन्छ । यसले रुँघा तथा फ्लुको समस्या रोक्छ ।

नुहाउने काइदा

जाडोजाडोमा पनि नुहाउन त पर्छ नै । तर, नुहाउने विधीमा सुधार गरौं । जस्तो कि, नुहाउनको लागि मनतातो पानीको व्यवस्था गरौ । त्यसमा केहि मात्रामा नुन, तुलसीको पात राखौं । यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ ।

तातो तेलले मालिस

नुहाइसकेपछि शरीरको मालिस गरौं । आयुर्वेदमा प्रतिदिन आत्म-मालिसलाई प्रतिरक्षा बढाउने सबैभन्दा राम्रो विधि मानिन्छ । सूर्यमुखी वा तिलको तेल उपयोग गर्दा मांसपेशी बलियो हुन्छ । मसाजले रक्तसंचार पनि बढाउँछ । जाडोको लागि एकदमै उपयोगी कुरा हो ।

चिसो पेयबाट बच्नुस

डाक्टरका अनुसार चिसो खाना र चिसो पेय पदार्थले पाचन रसको प्रभावलाई कम गर्छ । यसबाट विषाक्त पदार्थको निर्माणमा वृद्धि हुन्छ । त्यसैले यस मौसमका दौरान प्रतिरक्षा प्रणालीमा सुधारका लागि चिसो खाद्य पदार्थ र पेय पदार्थको सेवन बन्द गरौं ।अनलाइन बाट  

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu