Connect with us
Kapilvast Forest

नेपाली सेनाको स्वास्थ्य शिविरमा हजारौँ बिरामीले जाँच गराउँदै

२०७६, २८ मंसिर शनिबारमा प्रकाशित

महोत्तरी । नेपाली सेनाको वृहत निशुल्क संयुक्त शल्य चिकित्सा घुम्ती स्वास्थ्य शिविर शुक्रबारदेखि शुरु भएको छ । दश दिनसम्म चल्ने उक्त शिविरको पहिलो दिन नै हजारौँ बिरामी जाँच गराउन उर्लेका छन् ।

महोत्तरीको सोनमा गाउँपालिका स्थित खखना माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त शिविरको आर्थिक व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रतिनिधिसभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवको संसदीय कोषबाट गरिएको छ भने स्थानीय स्तरमा गरिएको व्यवस्थापनहरु सोनमा गाउँपालिकाको आर्थिक सहयोगमा भइरहेको छ । प्रकौली स्थित रणभिम गणले समेत सोनमाको खखना र मुख्य शल्यक्रिया हुने स्थल जलेश्वर अस्पतालमा विभिन्न व्यवस्थापनदेखि जनशक्ति समेत खटाएको छ ।

शिविर सञ्चालन र व्यवस्थापन हेर्न शिविरमा आएका मध्यपूर्वी पृतनाका पृतनापति उपरथी नरेशचन्द्र भट्टले स्वास्थ्यको सहज पहुँच नभएको स्थलसम्मै पुगेर नेपाली सेनाले सेवा दिन पाएकोमा यो आफ्नो सेनाको लागि निक्कै ठुलो उपलब्धी रहेको बताएका छन् । उनले आर्थिक अवस्था कमजोर हुने वा दक्ष चिकित्स तथा शल्यचिकित्सकसम्म पहुँच हुन नसक्ने व्यक्तिहरुका लागि यो शिविर अत्यन्तै लाभकारी हुने बताए । शिविर सञ्चालमा नेपाल सरकारको स्वास्थ्य मन्त्रालय, पूर्व स्वास्थ्य राज्यमन्त्री डा.यादवको विशेष पहल र ९ नम्बर वाहिनी अड्डा तथा रणभिम गण एवं विभिन्न तहका जनप्रतिनिधीहरु र स्थानय समेतको विशेष सहयोगले शिविर सफलतातिर अग्रसर भइरहेको र बीस हजार बिरामीको उपचार गर्ने लक्ष्य पूरा गर्ने बिश्वासलाई थप वल पुगेको बताए । उनले स्थानीयहरुको सहयोगी र उदार भावले आफ्नो टोलीलाई काम गर्न थप उर्जा मिलिरहेको बताउदै बिरामीको उपचारमा कुनै कसर बाँकी नराखिने बताए ।

नेपाली सेनाको अस्पताल विरेन्द्र सैनिक अस्पतालको चिकित्सकीय र सर्जन टोलीले अधिकांश रोगको उपचारका साथै निशुल्क शल्यक्रिया र औषधि वितरण समेत गरिरहेकोले शुक्रबार बिहानै देखि बिरामीको लामो लाइन देखिएको थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा, मध्यपूर्वी पृतनाका पृतनापति उपरथी नरेश चन्द्र भट्ट, ९ नम्बर वाहिनी अड्डाका वाहिनिपति सहायक रथी गणेश कुमार श्रेष्ठ र विरेन्द्र अस्पतालका सहायक रथी डा.देवेन्द्र खत्री, प्रकौली स्थित रणभिम गणका गणपति कर्नेल विदुर अधिकारी समेत शिविर स्थलमै उपस्थित भएर सम्पूर्ण तयारीबारे जानकारी लिएका थिए । उहाँहरुसँगै विभिन्न पालिकामा मेयरहरु समेत शिविरमा उपस्थित भएका थिए ।

शिविर मूल समारोह समिति संयोजक प्रतिनिधिसभा सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले शिविर सञ्चालन अत्यन्तै पिछडिएको स्थानमा भएपनि बिरामीको लर्कोले मन प्रफुल्लित भएको बताएका छन् । उनले यस भेगका जनता अधिकांश विशेष उपचारको पहुँचमा नभएकाले बिरामी पालेर बस्नु परेकाले यस शिविरले उनीहरुका साथै महोत्तरीको सम्पूर्ण भेग तथा सर्लाही, धनुषा तथा अन्य विभिन्न जिल्लाको अधिकांश बिरामीलाई आकर्षित गर्ने बताए ।

शिविर उद्घाटनमा आउन सकेनन् रक्षामन्त्री
शिविरको उद्घाटन रक्षामन्त्री ईश्वर पोखरेलको हातबाट हुने सुनिश्चित भएपनि मौसम खराब हुँदा आउन सकेनन् । बिहानै ९ बजे रक्षामन्त्री पोखरेलले शिविरको उद्घाटन गर्ने सबै व्यवस्थापन भइसके पनि मौसमले साथ नदिँदा उनको आगमन रोकिएको रणभिम गणका गणपति कर्नेल विदुर अधिकारीले बताए । रक्षामन्त्री आउन नसकेपछि शिविरको उद्घाटन पूर्व स्वास्थ्य राज्यमन्त्री डा. यादवले गरेका थिए । शिविर महोत्तरीमा सञ्चालन गर्न उनको विशेष पहल रहेको थियो ।

वृहत स्वास्थ्य शिविरमा पेट, छाती, मुटु, स्त्री तथा प्रसुती रोग, बाल रोग, छाला तथा यौन रोग, सर्जरी, नशा तथा हाडजोर्नीको उपचारका साथै पित्तथैली सम्बन्धी विभिन्न रोग, पिसाव थैली तथा किड्नी, नाक, कान र घाँटीको शल्यक्रिया तथा हर्निया, हाईड्रोशिल, बाबासिर, एपेन्डिक्स लगायतका विभिन्न शल्यक्रिया समेत गरिने छ । शिविर मंसिर २७ देखि पुष ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । शिविरमा हुने मुख्य शल्यक्रिया जलेश्वर अस्पतालमा गरिने जानकारी दिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu