Connect with us
Kapilvast Forest

छैठौं चन्द्रौटा महोत्सवलाई सफल बनाउन सामुहिक प्रतिवद्धता

२०७६, १ पुष मंगलवारमा प्रकाशित

  • कृष्ण गैेरे, पौष १ कपिलवस्तु,

कपिलवस्तुको समृद्धीसंग जोडिएको छैठौं चन्द्रौटा महोत्सवलाई भव्य सभ्य सम्पन्न गर्नको लागी वृहत सर्वपक्षीय भेला सम्पन्न भएको छ । चन्द्रौटा उधोग वाणिज्य संघको कार्यालय परिसरमा भएको भेलाले पौष १४ देखि २६ गते सम्म संचालन हुन लागेको महोत्सवलाई सफल वनाउनको लागी हर प्रयास गर्ने सामुहिक प्रतिवद्धता व्यतm गरेको छ । महोत्सवले स्थानीय स्तरको उत्पादनलाई प्रर्वद्धन गर्नुपर्ने प्रदेश शभा सदस्य अर्जुन कुमार केशिले वताउनुभएको छ ।

व्यापारीहरुको एकताले विश्वका धेरै देशले प्रगती गरेको स्मरण गर्दै उहांले चन्द्रौटा क्षेत्रको विकासको लागी व्यवसायिक एकतामा जोड दिनुपर्ने वताउनुभएको हो । भेलामा चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष जमसेर अली मियाले महोत्सव चन्द्रौटा क्षेत्रको प्रतिष्ठाको विषय भएकाले यसलाई सफल वनाउनको लागी सवैको साथ आवश्यक रहेको औल्याउनुभएको छ । उहाले चन्द्रौटा कृष्णनगर सडकखण्डमा प्रतिष्ठीत उधोगहरुको स्थापनाले यस क्षेत्रको राम्रो विकासको सम्भावना भएकाले यंहा आयोजना गरिने महोत्सवले सहि सन्देश सक्नुपर्ने वताउनुभएको हो ।
कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले विगतमा भएका कमी कम्जोरीलाई विर्सीएर महोत्सवलाई सफल वनाउन लागी पर्ने प्रतिवद्धता व्यतm गर्नुभएको छ । पोख्रेलले व्यापारीहरुको हितका लागी संचालन भएका संस्थाहरुले मेलाको आयोजना गर्दा एक संस्थाले अर्को संस्थालाई सहयोग पुराउन आवश्यक रहेको वताउनुभएको छ । उहाले एउटा संस्था आयोजक वन्दा अर्को सह आयोजक वन्नुपर्ने वताउदै त्यसको लागी आफुहरु तयार रहेको वताउनुभएको हो ।

कार्यक्रममा राजपाका केन्द्रीय सचिव रविदत मिश्रा , नेपाली काग्रेसका महासमिति सदस्य हुमाकान्त खनाल , नेकपाका नगर अध्यक्ष दिनेश पुन , समाजवादी पार्टिका नगर अध्यक्ष कृष्णकुमार चौधरी , होटल व्यवसायि संघका पुर्व अध्यक्ष ढुणीराज अधिकारी , महिला नेतृ सन्तोषि पाण्डे लगाएतको महोत्सव सफल वनाउने प्रतिवद्धता व्यतm गरेका छन । भेलाको संस्थाका महासचिव दमनप्रसाद भाट क्षेत्रीले संचालन गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu