Connect with us
Kapilvast Forest

आर्थिक समृद्धीका लागि चन्द्रौटा महोत्सव : संयोजक जमशेर अलि

२०७६, १२ पुष शनिबारमा प्रकाशित

अर्जुन बेल्वासे, कपिलवस्तु ,पुस १३:

कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ चन्द्रौटामा हुन लागेको छैठौ चन्द्रौटा औद्योगिक व्यापार मेला कृषि पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उधोग बाणिज्य माहासंघ चन्द्रौटाको आयोजनामा आगामी पुस १४ गते देखि २६गतेसम्म सञ्चालन हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।

शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्ने तथा सास्कृतिक सम्पदाहरुको जर्गेना गर्ने मुख्य उदेश्यले आयोजित महोत्सवमा स्थानी यस्तरमा कृषिजन्य उत्पादन लाई प्रमुख ग्राहयता दिएको आयोजकले जनाएको छ । मेलाको दिन नजिकिए सगैँ मेलाको काम ९५ प्रतीशत सम्पन्न भइसकेको र २००बढि स्टल रहने महोत्सवमा हाल सम्म १९० स्टलहरु बुकिङ भइसकेको र अब डेकोरेसनका कामहरु मात्रै बाँकि छन ति काम पनि तिब्र रुपमा गरीरहेको मुलआयोज समितिका संयोजक जमसेर अलि मियाले बताए ।

१२ नि सम्म लाग्ने छैठौँ चन्द्रौटा महत्सब सफल पार्न समीति, उपसमीति बनाएर प्रचार प्रसार गरीएकोले महोत्सव बाट १ लाख दर्शक भित्राउने लक्ष्यराख्नुका साथै महोत्सवमा १ करोड बरावरको कारोबार गर्ने लक्ष्य रहेका संयोजक मियाले बताए। मेलाबाट शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्ने तथा सास्कृतिक सम्पदाहरुको जर्गेना गर्ने मुख्य उदेश्यले मेलाको आयोजना गरीएको बताए ।

त्यस्तै नेपल सरकारले लिएको पर्यटन बर्ष २०२० लाई व्यापक रुपमा प्रचार प्रसार तथा पर्यटन वर्ष सफल पार्न थप टेवा पु¥याउनुका साथै स्थानीय स्तरमा रहेका पर्यटकिय स्थल सोनोवागढ, शिवगढी,र प्राचिन मस्जिदहरुको समेत प्रचार गर्ने लुम्बिनीमा आउने पर्यटकलाई यहाँ सम्म ल्याउने वातावरण बनाउने मुख्य उदेश्यले आयोजित छैठाँै औद्योगिक व्यापार मेला सफल हुने विश्वास लिएको बताए ।

त्यस्तै मेलाको आकर्षका रुपमा रहेको छैठौं चन्द्रौटा डान्स आइडलको प्रथम अडिसन यहि पुष १३ गते आइतबार दिउँसो २ बजे हुने भएको छ ।स्थानीय स्ततरमा लुकेर रहेका नृत्य प्रतिभाहरुलई माथि उठाउन आइडल आयोजना गरिएको हो ।। छैठौं चन्द्रौटा डान्स आइडलको प्रथम पुरस्कार रु ५०हजार एक सय , ।।दोस्रो पुरस्कार रु।३०एक सय र सन्त्वना पुरस्कार २ जनालाई रु १०,एक सय १०,हजार एक सय रहेको महोत्सव मुल आयोजकसमितिले जानकारी गराएको छ ।

पौष १४ गते देखि २६ गते सम्म संचालन हुने छैठौं चन्द्रौटा महोत्सवको समुदघाटन उधोग बाणिज्य माहासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुहुने भएको छ ।ग्लोबल आइ एम इ बैंकका अध्यक्ष समेत रहेका ढकालले मेलाको उदघाटन गर्नु हुने मेला मुल आयोजक समितिले बताइएको छ ।। महोत्सवको दिन आउन अव मात्रै २दिन रहिरहदा मेलाको अन्तिम तयारी र भावि योजनाको वारे भोली पत्रकार सम्मेलन गरेर सार्ववजनिक गर्ने आयोजकले जनाएको छ ।

कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्ने तथा सास्कृतिक सम्पदाहरुको जर्गेना गर्ने मुख्य उदेश्यले आयोजित महोत्सवको प्रचार प्रसार तिव्र पारीएको पे्रस संयोजक कृष्ण गैरेले बताए।महोत्सवमा नेपाली चलचित्र जगतका नायक राजेश हमाल सहित राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu