Connect with us
Kapilvast Forest

रिटर्नीलाई नेपालमा लागनी गर्न संसद केसीको आग्रह, रिटर्नीको अध्यक्षमा प्रेम

२०७६, १२ पुष शनिबारमा प्रकाशित

  • सनिउल्ला धोबी

कपिलवस्तु पौष १२,बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको साझा संस्था रिटर्नी माइग्रेट नेपाल कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तुको मुख्य व्यपारीक नगरी शिवराज नगरपालिकाको चन्द्रौटामा प्रथम अधिवेशन सम्पन्न भएको हो ।  

प्रथम अधिवेशनमा बोल्दै प्रदेश सभा सदस्य तथा अधिवेशनका प्रमुख अतिथि अर्जुन केसीले विदेशबाट फर्कैका युवाहरु नेपालमा लागनी गर्न प्रचुर सम्भावना रहेको बताउनु भयो । उहाले नेपालका जुन सुकै क्षेत्रमा लागनी गरेपनी लागनी सुरीक्षित हुने र विदेशमा बगाएको पसिनालाई नेपालमा सिंचित गरे राम्रो प्रतिफल प्राप्त गर्न सकिने बताउनु भयो ।

  

                                                   (प्रदेशसभा सदस्य अर्जुन केसी)

सोही कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले विदेशबाट फर्किएका युवाहरुलाई व्यवस्थापन गर्नका लागि विशेष योजना ल्याउने बताउनु भयो । उहाले नगरपालिकाबाट विभिन्न शिर्षकमा अनुदान छुटाएकोले माग गरी अगाडी बढन आग्रह गर्नु भयो ।
प्रथम अधिवेशनले पे्रम सुनारको अध्यक्षतामा १७ सदस्य जिल्ला कार्य समिति गठन गरिएको छ । अधिवेशनले उपाध्यक्ष राम प्रसाद अधिकारी, सचिव रमेश कुमार पाण्डे, सहसचिव हरि बहादुर महत क्षेत्री, कोषाध्यक्ष शंकर केसी सदस्यहरु सुर्य बहादुर क्षेत्री, दुर्गा प्रसाद बेल्वासे, गोविन्द प्रसाद पन्थी, विवेक क्षेत्री, दिपेन्द्र कुमार सुनार, मनिराम सुनार, टुप बहादुर सुनार, मोहन पाण्डे लगायत चयन भएका छन ।

रिटर्नी माइग्रेट नेपाल कपिलवस्तुका नव निर्वाचित अध्यक्ष प्रेम सुनारले राज्यले विदेशबाट फर्किएका जनशक्तीलाई नेपाल सरकारले वेवास्ता गरेको बताउनु भयो । अध्यक्ष सुनारले रिटर्नी माइग्रेट नेपालले हाइड्रोपावर निर्माण, कृषि लगानी, होटल तथा पर्यटन क्षेत्रमा लागनी गर्नका लागि योजनाका साथ आगाडी बढेको बताउनु भयो ।

                           (रिटर्नी माइग्रेट नेपाल कपिलवस्तुका नव निर्वाचित अध्यक्ष प्रेम सुनार)

बैदेशिक रोजगारबाट फर्किएका युवाहरु देश विकासको अभिभार आफुको काधामा रहेको बताएको थिए । भेलामा बोल्ने अधिकांस वक्ताहरुले युवाहरुलाई व्यवस्थापन गर्नका लागि सरकारसंग माग गरेका छन । सो कार्यक्रममा केन्द्रिय अध्यक्ष उत्तम अधिकारी, प्रदेश ५ का अध्यक्ष कृष्ण प्रसाद भुसाल, महासचिव सचिव प्रकाश पौडेल, डि.एल शर्मा, केशव शर्मा, नेत्र थनेत लगायतको सहभागिता रहेको थियो ।

 रिटर्नी माइग्रेट नेपालको प्रथम कपिलवस्तु जिल्ला सम्मेलनबाट सर्बसमत रूपमा कपिलवस्तु लगानी बोर्डको अध्यक्षमा नेत्र बेल्वासेलाई चयन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu