Connect with us
Kapilvast Forest

सुर्तीजन्य पदार्थ न्युनिकरणका लागि जनचेतना महत्वपूर्ण

२०७६, १२ पुष शनिबारमा प्रकाशित

पोखरा । शुक्रबार आयोजित एक कार्यक्रमका सहभागिले सुर्तीजन्य पदार्थको सेवन न्युनिकरणका लागि जनचेतना मुख्य कुरा रहेको औंल्याएका छन् । सरोकारवालाहरुले सुर्तीजन्य पदार्थको सेवनका कारण लाखौं रुपैंया खर्च गरेपनि अकालमै मृत्यु हुने विषयलाई मध्यनजर गर्दै यसको रोकथामको लागि नागरिक समाज र स्थानिय सरकारबीच समन्वयमा हुनुपर्नेमा जोड दिएका हुन् ।

पोखरा महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गंगालाल सुवेदीले क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा महानगरपालिकामा आयोजित अन्तरक्रिया तथा जनचेतना कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवनमा रोकथामका लागि जनचेतना मुख्य कुरा रहेको र सरकार र नागरिक समाजबीचको समन्वयको खााचो आवश्यक रहेकोमा जोड दिनुभयो । स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य कर्मीहरुले सुर्तीजन्य पदार्थबाट मानिसहरुलाई सचेत गराउनु पर्ने सुवेदीको भनाइ छ । उहाँले नेपाल टेलिकमले सुर्तीजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँग गरिरहेको सहकार्यको प्रशंसासमेत गर्नुभयो ।

वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णु दत्त पौडेलले सुर्तीजन्य पदार्थ नै सम्पूर्ण रोगको प्रमुख कारण भएकोले यसको रोकथामको लागि जोड दिनुपर्ने धारणा राख्नु भयो ।

पौडेलले फ्रान्समा सन् २०१७ मा दश लाख मानिसले सुर्तीजन्य पदार्थ त्यागेको उदाहरण दिंदै कम्तीमा एक जना सहभागीले एक जनालाई सुर्तीजन्य पदार्थ सेवनबाट जोगाउन सकेमा मात्रै पनि ठूलो उपलब्धी हुने उल्लेख गर्नुभयो । पोडेलका अनुसार सुर्तीजन्य पदार्थबाट मानिसलाई जोगाउन परिवारको ठूलो भूमिका हुनेमा जोड दिनुभयो । क्यान्सर रोगको कारण, लक्षण र रोकथामको उपायको बारेमा जानकारी दिँदै शुरुको अवस्थामा क्यान्सर रोग पहिचान गर्न सकेमा निको हुने पौडेलको भनाइ छ ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले संस्थाले देशव्यापी रुपमा सुर्तीजन्य पदार्थ रोकथामको लागि अभियान सञ्चालन गरिरहेको बताउनु भयो । विकसित देशमा जनचेतनाको कारण मानिसहरु सुर्तीजन्य पदार्थबाट टाढै रहने उहाँले उल्लेख गर्नुभयो । कडरियाले भन्नुभयो, ‘ साथीभाईको नकारात्मक प्रभाव र पर्याप्त जनचेतनाको अभावले गर्दा किशोर किशोरीहरु सुर्तीजन्य पदार्थबाट प्रभावित भएको र कालान्तरमा उनीहरुले लागु पदार्थको सेवन गर्ने गरेको पाइएको छ ।’

कार्यक्रममा नेपाल टेलिकमका प्रतिनिधी महेन्द्र प्रसाद रिमालले टेलिकमले दुरसंचारको क्षेत्रमा व्यापार व्यवसायका साथै सामाजिक काममासमेत अग्रसर हुादै आइरहेको र आगामी दिनमा पनि सुर्तीजन्य पदार्थ विरुद्धको
अभियानमा सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu