Connect with us
Kapilvast Forest

अन्योलमै छ एक विद्यालय एक नर्स कार्यक्रम

२०७६, १२ पुष शनिबारमा प्रकाशित

काठमाडौं । सरकारको ढिलासुस्तीका कारण एक विद्यालय एक नर्स कार्यक्रम अन्योल बनेको छ । चालू आर्थिक वर्षदेखि शुरु गर्ने भनिएको कार्यक्रम चौमासिक बितिसक्दा पनि कार्यविधि समेत पास हुन सकेको छैन ।

विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत प्रत्येक सामुदायिक विद्यालयमा एकजना नर्स राख्ने योजना यसअघिको सरकारको कार्यकालमा नै पारित भइसकेको छ । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी लक्ष्मी तुइतुई योजना पारित भए पनि चालू वर्षकोे चौमासिक बितिसक्दा पनि कार्यविधि समेत पास हुन नसकेको बताउनुहुन्छ ।

कार्यक्रमअन्तर्गत मुलुकभरका ३६ हजार विद्यालयमा प्रत्येक विद्यालयमा एकजना नर्सको परिकल्पना गरिएको छ । तर १ का ५४ र प्रदेश ३ का १ सय २१ विद्यालय बाहेक अन्य कुनै प्रदेशमा कार्यक्रम कार्यान्वयन हुन सकेको छैन । कार्यविधि पास नहुदाँ कार्यक्रम सञ्चालन हुन नसकेको उहाँको भनाई छ ।

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको पटक पटकको प्रयासमा समेत कार्यविधि पास हुन नसक्दा कार्यक्रम नै अन्योलमा परेको हो । स्वास्थ्य मन्त्रालयले प्रक्रियागत कारण देखाउँदै कार्यविधी पास गर्न अलटाल गर्दा मुलुकभरका १ करोड ८० लाख बालबालिका प्रभावित भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu