Connect with us
Kapilvast Forest

सौराहामा हात्ती महोत्सव शुरु

२०७६, १२ पुष शनिबारमा प्रकाशित

 

चितवन । सौराहामा हात्ती महोत्सव शुरु भएको छ । अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै हरेक वर्ष झैँ यस वर्ष पनि महोत्सव शुरु गरिएको हो ।

महोत्सवमा हात्तीसँग सम्बन्धित विभिन्न मनोरञ्जनात्मक खेलहरु प्रदर्शन गरिने छ । हात्ती पोलो, हात्ती पेन्टिङ, हात्तीका छावाबीच फुटबल, हात्ती दौडलगायतका कार्यक्रमहरु महोत्सवमा हुनेछ ।

सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा भइरहेको महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ । चितवनमा बाह्य पर्यटकको आवागमनमा कमी हुने यस समयमा हात्ती महोत्सव राख्दा विदेशी पर्यटकसमेत वृद्धि हुने विश्वास लिइएकाे छ ।

क्षेत्रीय होटल संघ सौराहाले सोह्र वर्ष अगाडि शुरु गरेको हात्ती महोत्सवलाई परिमार्जित गर्दै अहिलेको अवस्थासम्म ल्याइ पुर्याएको आयोजकले जनाएको छ ।

अघिल्ला वर्षहरुमा पाँच दिन सञ्चालन हुने महोत्सव यस वर्ष प्रदेश सरकारको विशेष आग्रहमा चार दिन थप गरी नौ दिनसम्म चल्ने छ । हात्ती महोत्सवबाटै प्रदेश सरकारले प्रदेश नम्बर ३ मा नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन गर्दैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu