Connect with us
Kapilvast Forest

उपल्लो मुस्ताङमा पर्यटक घट्दै

२०७६, १२ पुष शनिबारमा प्रकाशित

मुस्ताङ । सन २०१९ मा करिब चार हजार जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जनवरीदेखि नोभेम्बरसम्म ११ महिनामा तीन हजार ८६३ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन् । यो सख्या सन २०१८ को भन्दा १.५० प्रतिशतले कम हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख तुलसी दाहालका अनुसार २०१८ को जनवरीदेखि नोभेम्बर महिनासम्म तीन हजार ९२२ जनाले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए ।

एक्यापको कागबेनीस्थित चेकपोष्टले अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङ भ्रमणमा जाने पर्यटकको तथ्याङ्क राख्ने गरेको छ । जनवरीमा १०, फेब्रुअरीमा ९, मार्चमा १०२, अप्रिलमा ४७०, मे मा ६४०, जुनमा १०४, जुलाइमा २५३, अगस्तमा ४३४, सेप्टेम्बरमा ५५०, अक्टोबरमा ९६७ र नोभेम्बरमा ३२४ जना पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको तथ्याङ्क छ ।

आगामी सन २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी भइरहेका बेला राष्ट्रिय तथ्याङ्कको अनुपातमा उपल्लो मुस्ताङ घुम्ने पर्यटकको संख्याले मुस्ताङका सरोकारवालाहरुलाई चिन्ता पैदा गरेको छ ।

महंगो प्रवेश शूल्क, भ्रमण अनुमतिका लागि झञ्जटिलो प्रक्रिया र पुराना पदमार्ग सडकमा परिणत हुँदा पर्यटक आगमनमा असर परेको लोमान्थाङ होटल व्यवसायी संघका कोषाध्यक्ष रामबहादुर गुरुङले जानकारी दिनुभयो ।

पर्यटक बढाउन वैकल्पिक पदमार्ग सञ्चालन, प्रचारप्रसार र प्रवेश शूल्क घटाउन स्थानीयबासीले एक वर्षयता दबाबमुलक कार्यक्रम गर्दै आएका छन् । चीनको सिमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ भ्रमणका लागि विदेशीले कम्तीमा दुई जनाको समूह बनाएर अध्यागमन विभागलाई पाँच सय डलर तिरेर १० दिनका लागि अनुमति लिनुपर्ने व्यवस्था छ ।

उपल्लो मुस्ताङमा दश दिन भन्दा बढी बस्नुपर्दा कारण खुलाएर प्रतिदिन ५० डलरका दरले अतिरिक्त शूल्क बुझाउनुपर्छ । काठमाडौंबाट अनुमति लिएर भ्रमणमा आउनुपर्छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा करोडौं खर्चेर सुविधा सम्पन्न होटल खोल्ने क्रम बढेको छ । महंगो शूल्क र झञ्जटिलो प्रक्रियाका कारण पर्याप्त पर्यटन नआउँदा व्यवसाय नै संकटमा परेको होटल व्यवसायी बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu