Connect with us
Kapilvast Forest

चिनियाँ चलचित्र महोत्सव शुरु

२०७६, १२ पुष शनिबारमा प्रकाशित

 

काठमाडौं ।चिनियाँ चलचित्र महोत्सव शुरु भएको छ । चिनियाँ दुतावासको आयोजनामा काठमाडौंको कुमारी हलमा शुक्रबारबाट चिनियाँ महोत्सव शुरु भएको हो ।

महोत्सवमा ‘द परेड अफ सेभेन्टी एनिभर्सरी अफ द पिपुल रिपब्लिक अफ चाइना’ र ‘द ग्रेटवाल फिल्म’ प्रदर्शन गरिएको छ । महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले संयुक्त रुपमा गर्नुभएको थियो ।

उद्घाटनका अवसरमा मन्त्री भट्टराईले दुई दिने चिनियाँ चलचित्र महोत्सवबाट नेपाली दर्शक, फिल्म क्षेत्र र साहित्य जगतले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । उहाँले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन धेरै भन्दा धेरै चिनियाँ पर्यटक नेपाल घुम्न आउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

महोत्सव अन्तर्गत काठमाडौंमा ११ र १२ गते, पोखरामा पुस २० र लुम्बिनीमा पुस २३ गते चिनियाँ चलचित्र देखाइने छ । पोखराको मिड टाउन ग्यालरी र लुम्बिनीमा लुम्बिनी विकास कोषको सभा कक्षामा चलचित्र देखाइने आयोजकले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu