Connect with us
Kapilvast Forest

नगरपालिकाको अफर : सुँगुर मार्नुहोस्, ५ सय पुरस्कार जित्नुहोस्

२०७६, १२ पुष शनिबारमा प्रकाशित

 

सप्तरी : सडकमा छाडिएका पशु चौपायाले दुःख दिन थालेपछि राजविराज नगरपालिकाले नयाँ जुक्ति निकाल्नुका साथै नियन्त्रण कार्य प्रभावकारी बनाउन अभियान नै सुरु गरेको छ। छाडा पशु चौपाया नियन्त्रण अभियान नाम दिएर सुरु गरिएको कार्यक्रम अन्तर्गत छाडा सुँगुर मारेर बुझाउने व्यक्तिलाई प्रति सुँगुरको ५ सय रुपैयाँका दरले पुरस्कार दिने नगरपालिकाले घोषणा गरेको छ।

पुरस्कार रकम घोषणा गरिएपछि उत्साहित केही बेरोजगार युवाले कार्यक्रम सुरु भएको ३ दिन नबित्दै आधा दर्जन बढी छाडा सुँगुर मारेर पुरस्कार रकम हात पारेका छन्। बिहीबारसम्ममा ८ वटा छाडा सुँगुर मारेर स्थानीय केही युवाले बुझाई सकेको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन अभियानका इन्चार्ज उमेशप्रसाद यादवले जानकारी दिए।

अभियानकै क्रममा नगरको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण कार्यालय पनि प्रभावकारी र कडाई बनाइएको छ। सडकबाट नियन्त्रणमा लिइएको गाई, साडे आदि चौपायालाई अब कसैको पनि सिफारिसमा नछोडिने नगरप्रमुख शम्भुप्रसाद यादवले बताए। यसरी नियन्त्रणमा लिइएका चौपाया सिफारिसमा छोडदा चौपाया धनीले चौपाया पुनः सडकमा छाडने प्रवृति दोहोरिने गरेकाले अब नियन्त्रणमा लिइ सकेपछि लिलामीसम्मको प्रकृया अघि बढाउने निर्णय गरी सकेको उनको भनाई छ।

सडकबाट नियन्त्रणमा लिई नगरपालिकाको कान्जि हाउसमा त्यस्ता छाडा पशु चौपाया राख्ने गरेको छ। ८ दिनसम्म १ हजारमा पुग्ने तथा सो अवधिमा पनि लिन नआए लिलामी प्रकृयामा लैजाने नियम बनाइएको नगरप्रमुख यादवले बताए।

घाडा पशु चौपायाका कारण नगर दुर्गन्धित र सडक बजार दुर्घटनाको जोखिम बढेकाले यस्तो कडाई गरिएको उनको भनाई छ। स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ३ अन्तर्गत दफा ११ को उपदफा २ मा छाडा पशु चौपाया नियन्त्रण गर्ने अधिकार सुनिश्चत गरेको छ। त्यसैको आधारमा यो अभियान थालेको उनले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu